ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, December 2, 2009

'लडाकू सेनामा समायोजन गरे गृहयुद्ध'

काठमाडौं (नागरिक)- नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले माओवादी लडाकूलाई सेनामा समायोजन गरे गृहयुद्ध निम्तिने दावी गरेका छन्। माओवादी अराजकताको मुख्य कारण लडाकू भएको उल्लेख गर्दै कोइरालाले शिविरमा रहेका लडाकूलाई व्यवसायिक सेनामा समायोजन गरे मुलुक द्वन्द्वमा फस्ने बताए। 'माओवादी लडाकूलाई सीमा सुरक्षा, वन सुरक्षा, औद्योगिक सुरक्षा जस्ता क्षेत्रको सुरक्षा गर्नेगरी छुट्टै दस्ता बनाउनु पर्छ, सेनामा समायोजन गर्न हुदैन'- उनले भने। सेना समायोजनका विषयमा विवाद जारी रहेकै बेलामा कार्यावाहक सभापति कोइरालले शिविरमा रहेका माओवादी लडाकूलाई स्वादेशी तथा विदेशी रोजगारी लगायत एकमुष्ट आर्थिक प्याकेज सहितको छनोटको अवसर दिई विदा गर्नु पर्ने बताएका हुन। वृहत् शान्ति सम्झौतामा उल्लेख भए अनुसारको मितिमा माओवादी लडाकूको समायोजन गर्न नसक्दा दलहरुबीच थप तिक्त्तताको अवस्था देखिएको पनि उनको ठहर थियो।
माओवादीले मुलुकलाई गृह युद्धमा धकेल्ने मनासयवाटै गणराज्य घोषणा गर्ने निर्णय गरेर उनको ठहर छ। 'सरकार, राजनीतिक दल र माओवादीबीच भएका सबै सम्झौताहरुको ठाडो उल्लंघन गरी गृह युद्धको दिशा तिर धकेल्नेगरी माओवादीले गणराज्य घोषण गर्ने निर्णय गरेका हुन' कोइरालले भने, 'शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन माओवादी साच्चीकै तयार छ भने तत्काल गणराज्य घोषणा फिर्ता लिनुपर्छ।'

माओवादीले वैधानीक विधिवाट सत्ता कव्जा गर्न नसकेपछि फेरी लुटपाट, जवरजस्ती सम्पत्ती कव्जा गर्ने, धम्काउने लगायतका पुरानै क्रियाकलाप पुनः सुरु गरेर मुलुकलाई थप द्वन्द्वमा धकेलेको कोइरालाले बताए। 'माओवादीले फेरी जग्गा कव्जा गर्ने, वन नाश गर्ने र धम्काउने क्रियाकलाप सुरु गरेर मुलुकमा थप द्वन्द्वको अवस्था सृजना गरेका छन्' उनले भने।

मुलुकका विभिनन क्षेत्रमा माओवादीको गतिविधिले मुलुकमा राजनीतिक मुठभेडको अवस्था सृजना गरेको बताउदै कोइरालाले भने, 'माओवादी मुठभेडको अवस्थामा अघिवढ्ने हो भने सरकारले कडाई गर्नुपर्छ।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by