ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, December 2, 2009

पूर्व राजा भारत, प्रधान मन्त्री चीन जाने

काठमाडौँ (नागरिक)- 

पूर्व राजा ज्ञानेन्द्र शाह पारिवारिक विवाह समारोहमा सहभागी हुन आइतबार भारत जाने भएका छन्। संविधानसभाले 'श्री ५' को उपाधि खोसिसकेपछि उनको यो दोस्रो भारत भ्रमण हो।
आउँदो आइतबार उनी नयाँ दिल्ली हुँदै उडिसा जाने कार्यक्रम रहेको स्रोतले बतायो। उडिसामा उनका फुपूको छोराको विवाह कार्यक्रम छ। सो समारोहमा सरिक भएपछि उनी राजस्थानमा नातेदारसित भेटघाटका लागि जाने बताइएको छ।  उनको फर्कने मिति भने निश्चित छैन। हालै उनले कूटनीतिक राहदानीका लागि निवेदन दिएको र सरकारले पनि उनलाई रातो राहदानी उपलब्ध गराइसकेकाले भारतबाट उनी युरोप भ्रमणमा जानसक्ने अनुमान पनि गरिएको छ।  
काठमाडौँबाट ज्ञानेन्द्र पूर्व रानी कोमल र निजी सचिव सागरप्रसाद तिमल्सिनाका साथ नयाँ दिल्ली जाँदैछन्।

प्रधानमन्त्री चीन भ्रमणमा
यसैबीच प्रधान मन्त्री माधवकुमार नेपालले आउँदो पुस ११ गतेदेखि चीनको औपचारिक भ्रमण गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयले भ्रमणको औपचारिक तालिका सार्वजनिक गरिसकेको छैन। तर सोमबार चिनियाँ राजदूत क्यु गोहोङसितको भेटवार्तामा अनौपचारिक तिथि तय भएको स्रोतले बतायो।

स्रोतका अनुसार प्रधानमन्त्री ल्हासा हुँदै चीन जानेछन् र हङकङबाट साङ्घाइ हुँदै १७ गते फर्कने छन्।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by