ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, December 6, 2009

'माओवादीले उक्साएर घटना गरायो'

काठमाडौं (नागरिक)- 

एकीकृत माओवादीले जनता उक्साएर कैलाली डुडेझाडी घटना घटाई शान्ति प्रक्रियामा आघात पुर्‍याएको सरकारले आरोप लगाएको छ। कैलाली बलिया गाविसको घटनाको सबै जिम्मेवारी माओवादी हुने सरकारले बताउँदै गृहमन्त्रीले घटनालाई ढाकछोप गर्न नेपाल बन्दको आह्वान गरिएको आरोप लगाए। डुडेझाडी घटना बारे जानकारी दिन आइतबार गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री भीमबहादुर रावलले सत्य, तथ्य ढाकछोप गर्न माओवादीले नेपाल बन्द गरिएको बताए। 'शान्ति सम्झौतामा गरिएको प्रतिबद्धता र कानुन विपरित बन क्षेत्र अतिक्रमण गर्न सर्वसधारणलाई उक्साउनेहरू नै डुडेझाडीमा घटेको घटनाका लागि जिम्मेवार भएको स्पष्ट छ', रावलले भने- 'आफैँ उक्त प्रकारको स्थिति सृजना गर्ने र सत्य तथ्यमाथि ढाकछोप गर्न आफै नेपाल बन्द गर्ने कार्यले समग्र शान्ति प्रक्रिया नै आघात पुगेको छ।'
एघार दिनअघिदेखि बलिया गाविसको वडा नं. ८ र ९ मा पर्ने डुडेझारी बनमा १५ हजार परिवारले ३ सय ५० हेक्टर (५ सय २५विघा) क्षेत्रफ अतिक्रमण गरी बसोबास थालेका थिए। उक्त कार्य माओवादी निकट अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघ, अखिल नेपाल किसान संघ (क्रान्तिकारी) र थारूवान राज्य समितिको अगुवाईमा भएको सरकरले जिकिर गरेको छ।

शुक्रबार उक्त क्षेत्र अतिक्रमित जमिनको बस्ती हटाउँदा एक प्रहरी र ४ अतिक्रमणकारीको मृत्यु भएको थियो। गृहमन्त्रालयले भने ३ जना अतिक्रमणकारीको मृत्यु भएको बताएको छ। बस्ति हटाउन जाँदा सुरक्षाकर्मीमाथी आक्रमण गर्ने वाईसीएल, अखिल (क्रान्तिकारी), किसान संघ, दलित मुक्ति मोर्चाका कार्यकार्ता रहेको रावलले दाबी गरे।

'अतिक्रमणकारीहरू लाठी, बञ्चरो, भाला, बर्छा, हसिया, आदिबाट सुसज्जित थिए। त्यस्तो तयारी आफैमा पूर्व नियोजित थियो', रावलले भने- 'कारवाही शुरू हुनु पूर्व प्रहरीद्वारा माइकिङ्ग गरेर अतिक्रमणकारीहरूलाई बन क्षेत्र छाड्न अग्रह गर्दै सम्झाउने र चेतवानी दिन काम गरिएको थियो।'

स्थानीय तहमा सर्वदलीय बैठकपछि उनीहरूलाई त्यहाँबाट हटाउने सर्वसम्वत निर्णय भएको जानकारी रावलले गराए। १४ गते कैलालीमा प्रमुख जिल्ला अधिकारी, एकीकृत माओवादी सहित सबै दलको प्रतिनिधिको उपस्थित बैठकले अतिक्रमित क्षेत्रबाट हटाउन कानुनी कारवाही गर्ने निर्णय भएको थियो।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by