ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, December 9, 2009

घरजग्गा कारोबार बढेपछि बैंकमा रकम अभाव

चितवन (नयाँ पत्रिका)

जिल्लामा सेवा दिँदै आएका बैंकहरूमा घरजग्गा खरिदबिक्री व्यवसाय बढेपछि रकमअभाव देखिएको छ । रकमअभावकै कारण चितवनका बैंकहरूमा खातामा भएको रकम निकाल्न दिनभर कुर्नुपर्ने बाध्यता छ । जग्गा कारोबारमा करोडौं रकम नगद कारोबार हुने भएकाले बैंकमा पैसा अभाव भएको जग्गा कारोबारमा संलग्न व्यवसायीले बताएका हुन् । बैंकहरूले तत्काल नगद प्रवाह गर्न नसकेपछि सेवाग्राही मर्कामा परेका छन् । मालपोत कार्यालय चितवनको तथ्यांकमा जिल्लामा दैनिक ३ करोड हाराहारी जग्गा कारोबार हुने गरेको देखिए पनि अधिकांश व्यवसायीले राजस्व छल्ने हुँदा चारगुणा बढी कारोबार हुँदै आएको स्रोतको दाबी छ । 'जग्गा कारोबारीलाई ठूलो रकम आवश्यक पर्ने भएकाले बंैकहरूले तत्कालै नगद प्रवाह गर्न सकेका छैनन्,' चितवन भूमि समन्वय समाजका अध्यक्ष दिनेश चुकेले भने, 'बैंकले तत्काल रकम दिन नसकेपछि व्यवसायीले नगद घरमै राख्न थालेका छन् ।'
समाजका उपाध्यक्ष बाबुराम अधिकारी जग्गा कारोबारीले तत्काल बैनाका लागि आफूसँगै पैसा राख्ने भएकाले पनि रकमअभाव देखिएको बताउँछन् । निक्षेपकर्ताले नगद आफैँसँग राख्न थालेपछि बैंकहरूमा नगदअभाव देखापरेको हिमालयन बैंकका प्रबन्धक प्रकाश भण्डारीले बताए । 'रकम संकलन हुँदैहुँदैन, भइहाल्यो भने पनि साँझ ४ बजेपछि मात्र बंैकमा रकम संकलन हुने भएकाले व्यवस्थित रूपले सेवाग्राहीलाई रकम उपलब्ध गराउन कठिन भएको छ,' भण्डारीले भने ।
नबिल बंैक नारायणगढका प्रबन्धक मुरारी शर्मा कुनै दिन बैंकमा प्रशस्त नगद हुने र कुनै दिन अभाव हुने गरेको बताउँछन् । जग्गा कारोबारका कारण बंैकहरूमा रकम संकलन प्रभावित भएको शुभेच्छा विकास बंैकका प्रमुख कार्यकारी अधिकृत दक्षप्रसाद श्रेष्ठ बताउँछन् । काठमाडौं, पोखरालगायत स्थानबाट आएका जग्गा व्यपारीले सो क्षेत्रबाट पैसा पठाउने र चितवनका बैंकबाट पैसा झिक्ने हुँदा पनि तत्कालका लागि नगद समस्या देखापरेको कुमारी बैंकका अप्रेसन प्रमुख पुरुषोत्तम पौडेलको भनाइ छ । 
अन्तर्राष्ट्रिय क्षेत्रमा बढ्दै गएको आर्थिक मन्दी र डलर मूल्यका कारण नेपाल भित्रने रेमिट्यान्स कम भएपछि बैंकमा निक्षेपकर्ताको संख्या घट्दै जानुले पनि बैंकहरूमा आर्थिक संकट उत्पन्न भएको विज्ञहरूको भनाइ छ । 
चितवनमा ठूला/साना गरी ६० भन्दा बढी बैंक सञ्चालनमा छन् । ढिलो गरी बजेट पास हुनु पनि रकमअभावको कारण भएको बैंकरहरूको भनाइ छ । बैंकहरूमा रकमअभाव भएपछि साना व्यवसायी समस्या परेका छन् । कुखुरा व्यवसाय गर्दै आएका रामजी सापकोटा नगद निकाल्न बैंक जाँदा घन्टौं कुर्नुपर्ने अवस्था आएको बताउँछन् । उनले बैंकमा रकमअभाव हुँदा व्यवसायमा समेत असर परेको बताए । 
ििवष्णु पौडेल

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by