ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, December 7, 2009

सरकारी सहयोगविनै अयोग्य लडाकु मंसिरभित्रै बाहिरिने

कलेन्द्र सेजुवाल/सुर्खेत (नागरिक)- 

अयोग्य लडाकु पुनर्स्थापना अनिश्चित भइरहेको बेला जनमुक्ति सेना छैटौँ डिभिजन कमाण्डर महेन्द्रबहादुर शाहीले उनीहरुलाई मंसिर मसान्तभित्र शिविरबाट निकाल्न लागिएको खुलासा गरेका छन्। अनमिनद्वारा अयोग्य प्रमाणित लडाकुलाई सरकारी सहयोगबिना डिभिजनले आफैं घर पठाउन लागेको उनले बताए। शाहीका अनुसार छैटौँ डिभिजनमा करिब ६ सय अयोग्य लडाकु छन्। वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा शाहीले अयोग्य लडाकु पुनर्स्थापनामा सरकारले आलटाल गरेका कारण जनसेनाले आफ्नै खर्चमा शिविरबाट 'सम्मानमूर्ण बिदाई' गर्न लागेको बताए। 'उहाँहरुलाई हामी चित्त बुझाएर तत्काललाई गाडी भाडा दिएर शिविरबाट निकाल्छौँ,' उनले भने- 'उहाँहरु फेरि पनि स्वयमसेवकका रुपमा बलिदानी दिन जनताकै बीचमा जानुहुन्छ।' शाहीले सरकारी नियतले फेरि भिडन्त निम्तिने सम्भावना बढेकाले जनसेनाले यस्तो कदम चालेको बताए। डिभिजन कमाण्डर शाहीका अनुसार अन्य डिभिजनले समेत पुस पहिलो साताभित्र सबै अयोग्य लडाकुलाई घरखर्चसहित शिविरबाहिर निकाल्ने गरी प्रक्रिया सुरु गरेका छन्। उनीहरुलाई कसैले दुरुपयोग गर्न नसक्ने शाहीले बताए।
'उहाँहरु शिविरबाट बाहिर गएर घरमा बस्नुहुन्न, आफ्नो मोर्चा सम्हाल्नुहुन्छ,' उनले भने- खासमा उहाँहरु अहिले राष्ट्रको सामु देखिएको चुनौती सामना गर्न बाहिर शिविरबाट निस्किँदै हुनुहुन्छ।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by