ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, December 7, 2009

मोष्ट वाण्टेड पक्राउ/वार्ता टोली सदस्य प्रहरी नियन्त्रणमा

देवनारायण साह/सिरहा (कान्तिपुर)- 

बिभिन्न अपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीको मोष्ट वाण्टेड सूचिमा रहेका हरकट्टी ५ कुण्डलपुरका हरिगोबिन्द यादवलाई सशस्त्र प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ । सशस्त्र प्रहरी निरीक्षक होमनाथ पन्थीको नेतृत्वमा खटिएको टोलीले यादवलाई सिरहाको पोखरिया चौकबाट पक्राउ गरेको सीमा सुरक्षा कार्यालय सिरहाले जनाएको छ । पक्राउ परेका यादव इलाका प्रहरी कार्यालय पतारीमा कार्यरत एक प्रहरीको हत्या, गाँजा तस्करी, हरकीमा एक महिलाको बलात्कारलगायतका घटनामा संलग्न रहेको प्रहरीको आरोप छ । यसैबीच, जनतान्त्रिक तराई मुक्ति मोर्चा राजीव समूहका वार्ता टोली सदस्यसहित दुई जनालाई सिरहा सदरमुकाममा चन्दा संकलन गरिरहेको आरोपमा प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ । सिरहा नगरपालिका घर भएका मोर्चाका वार्ता समितिका सदस्य पारस मुक्ति भन्ने सोभित यादव र ठेगाना नखुलेका इन्द्रदेव मण्डललाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरेको छ । 
उनीहरुले सिरहामा चन्दा संकलन गरिरहेको सूचनाको आधारमा पक्राउ गरिएकोले छानविनका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by