ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, December 12, 2009

मेजर बस्नेत विमानस्थलबाटै गिरफ्तार

काठमाडौं (नागरिक) - 

मैना सुनुवार हत्याकाण्डका आरोपी नेपाली सेनाका मेजर निरन्जन बस्नेतलाई सैनिक प्रहरीले गिरफ्तार गरेको छ। संयुक्त राष्ट्रसंघीय मिसन चाडबाट काठमाडौं फर्कने क्रममा उनलाई त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएको नागरिकन्यूजकर्मी सुन्दर खनालले जनाएका छन्। चाड (अफ्रिका) मा शान्ति स्थापनाका लागि खटिएका बस्नेत शनिबार अपरान्ह नेपाल फर्केने क्रममा विमानस्थलबाटै पक्राउ परेका हुन्। सुनुवार हत्याकाण्डका चार आरोपितमध्ये बस्नेतलाई राष्ट्रसङ्घले जिम्मेवारीबाट मुक्त गरेपछि उनी काठमाडौं फर्कंदै थिए। मैनाकी आमा देवीले दोषीउपर कारबाही गर्न प्रधानमन्त्री माधवकुमार नेपाललाई पत्र लेखेको साता दिन नबित्दै बस्नेत मिसनबाट फर्किएका हुन्। देवीले २३ मंसिरमा प्रधानमन्त्रीलाई पत्र लेख्दै दोषीउपर कारबाही गर्न माग गरेकी थिइन्। सन् २००४ मा काभ्रेकी १५ वर्षीया किशोरी मैना सुनारलाई सेनाको ब्यारेकमा लगी हत्या गरिएको घटना गम्भीर मानवअधिकार हनन मुद्दाका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासको विषय बनेको थियो।
मैना हत्याका आरोपीमध्ये बस्नेतमात्र हाल सेनामा कार्यरत् छन्। काभ्रे जिल्ला अदालतले हत्यामा संलग्न भएको आरोपमा बस्नेतलाई निलम्बन गर्ने आदेश दिए पनि सेनाले अदालतको आदेश पालन गरेको छैन। अदालतले बस्नेतबाहेक नेपाली सेनाका तत्कालीन महासेनानी बबी खत्री, सहसेनानीहरु सुनील अधिकारी, अमित पुनलाई समेत कारबाही आदेश दिएको थियो। यी तीनै सैनिक अधिकृत हाल सैन्य सेवामा छैनन्। सेनाको अनुसन्धानमा बस्नेत दोषी नदेखिएकाले उनलाई कारबाहीको आवश्यक नभएको जिकिर नेपाली सेनाले गर्दै आएको छ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by