ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, December 11, 2009

'आफ्ना कार्यकर्ता नियन्त्रणमा राख्ने नसके अध्यक्ष पद त्याग'


मनोज बस्नेत/काभ्रे (कान्तिपुर)- 

प्रधानमन्त्री माधवकुमार नेपालले आफ्ना कार्यकर्तालाई नियन्त्रणमा राख्न नसकेको भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई अध्यक्ष पद त्याग्न चुनौती दिएका छन । एमाले काभ्रे जिल्लाको सातौं अधिवेशन उद्घाटन गर्दै उनले पाँचखालमा उक्त चुनौती दिएका हुन । माओवादीले द्वन्दकालको अराजक गतिविधिलाई शान्ति प्रक्रियामा आएर पनि जारी राखेको आरोप लगाउँदै दाहालले आफ्ना कार्यकर्तालाई पार्टीको नियन्त्रणभित्र राख्न नसकाले अराजक गतिविधीहरु गर्दै शान्ति प्रक्रिया र संविधान निर्माणको कामलाई संकटमा पारेको उनको भनाइ थियो । 'रुकुमकी पत्रकार टिका विष्टको औंला चिरिदिने, खुट्टा चिरिदने, उनका सामानहरुको लुटपाट गर्ने जस्ता क्रुर अमानवीय काम कसले गर्न सक्छ' उनले भने माओवादीका कार्यकर्ताले समाचार लेखेको कारण धम्की दिन्छन, बारम्बार मानसिक यातना दिन्छन त्यसैले यो काम माओवादीका कार्यकर्ताले नै गरेका हुन ।' 
सल्यानमा एमालेका कार्यकर्ताहरुलाई रडले हिर्काउने, खुट्टाका नशाहरु काटिदिने, माओवादीका गतिविधी चित्त नबुझि आलोचना गर्दा मानसिक यातना र शारिरीक यातना दिने काम माओवादीका कार्यकर्ताहरुले जारी राखेका कारण माओवादीका कार्यकर्ताहरु प्रचण्डको नियन्त्रणमा छैनन भन्ने पुष्टि भएको उनले दाबी गरे । 

'माओवादीका नेताहरु आफ्ना कार्यकर्ताले अराजकता मच्चाएको स्वीकार गर्दैनन' उनले भने 'जसले गर्दा माओवादीका कार्यकर्ताहरु स्थानिय तहमा झन झन अराजक बन्दै गईरहेका छन ।' जग्गा जमिन हुँदाहुँदै सुकुम्बासीको नाममा हुकुमबासीहरुले बन जंगलको विनाश गर्न खोज्छन भने सरकारले त्यस्तालाई कडा भन्दा कडा कारवाही गर्ने उनले स्पष्ट पारे । 

शान्ति सम्झौता र अन्तरिम संविधानले माओवादीका लडाकुलाई समायोजन, व्यवस्थित गरी शान्ति प्रक्रियालाई सफल पार्नु र आगामी जेठ १४ गतेभित्र संविधान निर्माण गर्नु अहिलेका राजनीतिक दलको प्रमुख एजेण्डा भएको बताउदै उनले माओवादीकै कारणबाट यि दुबै काम रोकिएको उनले आरोप लगाए ।  माअेवादीले हातहतियार नत्यागेकोले लडाकुको आडमा अन्य पार्टीका कार्यकर्ताहरुलाई धाक धम्की दिने, कुटपिट गर्ने, जस्ता क्रियाकलापले शान्ति प्रक्रिया र संविधान निर्माणको कामलाई रोकावट भईरहेको उनको धारणा थियो । 

'माओवादीले अहिले मच्चाईरहेको अराजकतालाई नियन्त्रणमा राखेमात्र समयमै शान्ति प्रक्रिया तार्किक निश्कर्षमा पुग्ने र संविधान बन्ने थियो' उनले भने 'समयमै शान्ति प्रक्रिया तार्किक निश्कर्षमा नपुगी संविधान बन्न नसके त्यसको सबै दोष माओवादीले लिनुपर्छ ।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by