ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, December 10, 2009

चीनको सहयोगमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौ (कांतिपुर)-
अर्थ मन्त्रालय सम्बद्ध स्रोतका अनुसार उक्त रकम विमानस्थल निर्माणमा प्रयोग गर्ने प्रस्तावमा चीन सरकारले सैद्धान्तिक सहमति जनाएको छ ।
 
सरकारले चीन सरकारबाट लिइने ऋणबाट पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भएको छ । चीनको एक्जिम बैंकले नेपालललाई दिने करिब १५ अर्ब रुपैयाँ (२० करोड अमेरिकी डलर) मध्ये करिब साढे ६ अर्ब रुपैयाँमा क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न लागिएको हो । अर्थ मन्त्रालय सम्बद्ध स्रोतका अनुसार उक्त रकम विमानस्थल निर्माणमा प्रयोग गर्ने प्रस्तावमा चीन सरकारले सैद्धान्तिक सहमति जनाएको छ । 'हामीले पत्र पठाएका थियौं, सैद्धान्तिक रूपमा उनीहरू सहमत भएका छन्,' स्रोतले भन्यो, 'तर सम्झौता गर्न भने बाँकी छ ।'  विमानस्थल निर्माणकै लागि तीन दशकअघि पोखरा उपमहानगरपालिकाको छिन्नेडाँडामा सरकारले करिब ३ हजार रोपनी जमिन अधिकरण गरेको थियो । बजार विस्तारको कम सम्भावना र स्रोत अभावमा यो काम हुन सकेको थिएन ।
पोखरा र भैरहवामा मध्यम आकारका जेट विमान उडान र अवतरण गर्न सक्ने गरी क्षेत्रीयस्तरका अन्तर्राष्ट्रिय बनाउने घोषणाअनुसार चालू वर्षको बजेटमा समेत केही रकम विनियोजन गरिएको थियो । त्यही रकमबाट विमानस्थल बनाउने स्थान सम्याउने काम सुरु भइसकेको छ । एसियाली विकास बैंकको सहयोगमा भैरहवाको विमानस्थल विस्तारको काम पनि सुरु हुँदै छ । यो रकमले पूरै विमानस्थल नबने पनि धावनमार्ग र सामान्य पूर्वाधार बन्ने अनुमान गरिएको छ । 'उडान र अवतरण हुन थालेपछि अध्यागमनलगायत सबै पूर्वाधार विस्तार गर्न सकिन्छ,' अर्थका अधिकारीले भने ।

बुद्ध एयरले पोखरा-लखनउ अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरिसकेको छ । टर्बोप्रप इन्जिनयुक्त जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्न सरकारको अनुमति चाहिन्छ । जेट इन्जिनयुक्त जहाजले मात्र अहिले यस्तो अनुमति पाउँछन् । पर्यटन मन्त्रालयले अनुमति दिने प्रक्रिया अन्तिम चरणमा पुगको जनाइसकेको छ । यसबाहेक छोटो हवाई रुटका लागि भारतलाई पनि सरकारले अनुरोध गरेको छ ।

२० करोड डलरमध्ये करिब ११ करोडबाट ६० मेघावाट क्षमताको त्रिशूली ३ 'ए' निर्माण गर्ने सहमति यसअघि भइसकेको छ ।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by