ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, December 7, 2009

कैलाली घटनामा मरेका भनिएका विक जिउँदै !

कलेन्द्र सेजुवाल, सुर्खेत (नागरिक)- 

जनमुक्ति सेना छैटौँ डिभिजनले कैलाली घटनामा मारिएको भनिएका नरेन्द्र विक जिउँदै रहेको जनाएको छ। उनलाई वीरेन्द्रनगरमा आजै सार्वजनिक पनि गरियो। कैलालीमा भेटिएको परिचयपत्र नं. ३६८२ का सक्कली व्यक्ति छैटौँ डिभिजनमै कार्यरत् रुद्रप्रसाद चपाईँलाई पनि सार्वजनिक गरियो। डिभिजनले सोमबार पत्रकार सम्मेलन गरी बिक र चपाईँलाई परिचयपत्रसहित सार्वजनिक गरेको हो। डिभिजन कमाण्डर महेन्द्रबहादुर शाहीले डिभिजनमा सेक्सन भाइस कमाण्डरका रुपमा कार्यरत् सुर्खेत तातापानी–६ का नरेन्द्र बिकको परिचयपत्र नं. ३७९५ रहेको जानकारी दिए। साथै कैलालीमा सार्वजनिक गरिएको परिचयपत्र नं. ३६८२ का सक्कली व्यक्ति सुर्खेत साटाखानी–५ का रुद्रप्रसाद चपाईँ रहेको उनले बताए। डिभिजनका अनुसार चपाईँ डिभिजनको जीत स्मृति ब्रिगेडमा सेक्सन कमाण्डर छन्।

पत्रकार सम्मेलनमा मृतक भनिएका नरेन्द्रले जीवित व्यक्तिलाई मृतक भनिएकोमा आश्चर्य व्यक्त गरे। 'मेरो नाम, ठेगाना र कार्यरत् ठाउँ त अलिअलि मिल्यो तर मृतक भनी गरिएको प्रचार त सोह्रै आना मिलेन,' उनले भने- म त अहिले पनि जिउँदै छु।

डिभिजन कमाण्डर शाहीले सरकारले जनमुक्ति सेनालाई बदनाम गर्न नक्कली परिचयपत्र बनाई झुठो प्रचार गरेको बताए। उनले भने- कैलालीमा मरेको भनिएका व्यक्ति र सार्वजनिक गरिएको परिचयपत्रधारी हामीसँगै छन्, यो षड्यन्त्र केका लागि हो छानबिन हुनुपर्छ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by