ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, December 8, 2009

कङ्ग्रेसको नेतृत्व अब म गर्छु : देउवा

झापा (नागरिक)- 

नेपाली कङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीको नेतृत्व अब आफूले गर्ने बताएका छन्। मङ्गलबार झापामा कार्यकर्तालाई सम्बोधन गर्दै देउवाले आफूले मात्रै कङ्ग्रेसलाई एकिकृत तुल्याउने दाबीसमेत गरे। 'गिरिजाबाबु उमेर र स्वास्थ्य दुवै दृष्टिले अशक्त हुनुहुन्छ', देउवाले भने – अब पार्टीको नेतृत्व मैले नै गर्ने हो। पार्टी विभाजनपछि कार्यकर्तामा निराशा छाएको उल्लेख गर्दै देउवाले उनीहरुको मनोबल उकास्न पनि सक्षम नेतृत्व चाहिएको बताए। उनले भने – 'अनुभव र इतिहास दुवैले म त्यसका लागि तयार छु।' नजिकिँदै गएको पार्टी महाधिवेशनले कङ्ग्रेसलाई पुरानो अवस्थामा पुर्‍याउनुपर्ने उनको भनाइ थियो। विभाजनको असर पार्टीको तल्लो तहसम्म कायमै रहेको बताउँदै देउवाले भने- त्यो मानसिकता अन्त्य गर्न म लाग्नेछु। माओवादी अराजकताले मुलुक जटिलताउन्मुख भएको देउवाले आरोप लगाए। त्यसका विरुद्ध सङ्गठित हुन उनले कार्यकर्तालाई आग्रह पनि गरे। देशभर माओवादी अराजकताले जरा गाडेको छ,'पूर्व प्रधानमन्त्रीले थपे- त्यो नउखेली लोकतन्त्रको भविष्य छैन।' माओवादी लडाकुको व्यवस्थापन नगरी संविधान बनाउनुको अर्थ नहुने पनि उनले बताए। मेचीका चारै जिल्लामा हुने अलग अलग कार्यक्रममा सामेल हुन आएका कङ्ग्रेस महामन्त्री विमलेन्द्र निधिले पार्टी अब नयाँ ढङ्गले अघि बढ्रने बताए।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by