ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, December 12, 2009

जनविद्रोहको सम्भावना बढ्दैछः गजुरेल

राजकुमार कार्की/सिन्धुली (कान्तिपुर) - 

माओवादी सचिव सीपी गजुरेलले जनविद्रोहको संभावना बढ्दै गएको बताएका छन् । सरकार पञ्चायती शैलीमा प्रस्तुत भएकाले जन बिद्रोहको संभावना बढ्दै गएको उनको ठहर छ । क्रान्तिकारी पत्रकार संघले शनिबार बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले माओवादीको माग पूरा हुने कुनै संकेत नदेखिएकाले एउटा जनबिद्रोह सम्पन्न गरेको पार्टी नचाहदा नचाहदै अर्को बिद्रोहमा जानुपर्ने बाध्यता आइपरेको बिष्लेषण गरे । माओवादीले उठाएको नागरिक सर्वोच्चता र राष्ट्रपतिको कदम सच्चिने संकेत नदेखिएकाले देश मुठभेडमा जाने समेत उनले बताए । माओवादी जिम्मेबार पार्टी भएकाले अहिलेनै मुठभेड र बिद्रोहमा नजाने तर सरकारको रबैयाका कारण परिस्थितिले त्यतै मोड लिएको समेत उनको भनाइ थियो । कांग्रेस र एमाले संविधानसभा बिघटन गराउने खेलमा लागेको सचिव गजुरेलले आरोप लगाए । संविधानसभा बिघटन गर्ने र आयोग गठन गरि संविधान बनाउने खेलमा कांग्रेस र एमाले लगायत सरकारवादी पार्टी लागेका उनले ठोकुवा गरे । आयोगबाट जारी भएको संविधानलाई जर्बजस्ती लागु गर्ने र नमाने माओवादीलाई बिद्रोही घोषणा गरेर मुठभेडमा जाने गुरुयोजना बनेको समेत सचिव गजुरेलले बताए । यो खेलमा भारत र अमेरिकाको समर्थन रहेको उनको दावी छ ।

अहिलेको संविधानसभाबाट संविधान जारी हुँदा माओवादी अनुकुलको संविधान बन्छ भनेर प्रतिगमनकारी केही नेता बिघटन गर्न लागि परेको समेत गजुरेलले आरोप लगाए । माओवादीले अहिलेनै समितिहरुको बैठकमा धेरै ठाँउमा नोट अफ डिसेन्ट लेखेको समेत उनले स्मरण गराए । 'हाम्रो अनुकुलमा मात्र संविधान लेखिने भए किन नोट आफ डिसेन्ट लेख्नुपथ्र्यो' उनको प्रश्न थियो । संविधानसभामा संघीयताको माग ओझेलमा पर्दै गएकाले त्यसलाइ स्थापित गराउन गणराज्य घोषणा प्रचारात्मक मात्रै भएको गजुरेलको भनाइ थियो । माओवादीले संघीयताको मुद्धा छोडेको छैन है, भन्नलाइ गणराज्य घोषणालाइ जर्बजस्त बनाइएको उनले उल्लेख गरे ।

कैलाली घटना गृहमन्त्री भिम रावलको ठाडो निर्देशनमा भएको माओवादी अनुसन्धानबाट प्रष्ट भएको र प्रधानमन्त्री माधब नेपालको भने संलग्नता नपाइएको सचिव गजुरेलले बताए । रुकुमकी पत्रकार टिका विष्टलाइ घाइते बनाउनेलाइ कानुन बमोजिम कारवाही गर्न सरकारसँग सचिव गजुरेलले माग गरे । प्रेस स्वतन्त्रतामा माओवादी सधैं प्रतिबद्ध रहेको उनले दाबी गरे । संचारको यत्रो विकास भैरहेको बेला आक्रमण गरेर प्रेसको मुख थुन्छु भन्नु हाँस्यास्पद रहेको उनको भनाइ थियो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by