ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, December 6, 2009

वनका कर्मचारी निलम्बनमा

रौतहट (नयापत्रिका)

जिल्ला वन कार्यालय रौतहटअन्तर्गत सिम्री रेन्जपोस्टमा कार्यरत तीनजना वन कर्मचारी निलम्बनमा परेका छन् । काठ तस्करलाई सहयोग गरेको आरोपमा उनीहरूलाई निलम्बन गरिएको हो । गएको १७ गते काठ तस्करले लैजाँदै गरेको एक ट्याक्टर काठ बरामद गरेर पनि छाडेको भन्दै वन सहायक लक्ष्मण झा, वन रक्षक उपेन्द्र मिश्र र नन्दलाल पण्डितलाई निलम्बन गरेको जिल्ला वन कार्यालय रौतहटका वन अधिकृत राहेश कर्णले बताएका छन् । सो रेन्जपोस्टबाट नम्बर नलेखिएको ट्याक्टरमा लोड गरेर लैजाँदै गरेको एकथान आपूर्ति समितिको टाँचा लगाएको र अन्य सातथान टाँचा नलगाएको करिब ६० क्युफिट गोलिया बरामद गरे पनि सो ट्याक्टर र काठ छाडेकाले कारबाही गरेको वन अधिकृत कर्णले बताए । बरामद गरेको ट्याक्टर र काठ छुटाउनका लागि काठ तस्करसहित १५/२० जना वनमै पुगेर ट्याक्टर र काठ छोड्न दबाब दिएकाले ट्याक्टर छाड्न बाध्य भएको निलम्बनमा परेका एक कर्मचारीले बताएका छन् ।
उक्त रेन्जपोस्टमा मंसिर ३ देखि रेन्जर ओली महोमद नरहेको र मंसिर १४ गते अर्का रेन्जर राम एकवाल साह गएको वन कार्यालयले जनाएको छ । रेन्जर राम एकवाल साहले रेन्जपोस्टमा बरामद गरेर राखेको काठ एक हजार सात सयमा बेचेको वन कर्मचारी स्रोतले बताएको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by