ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, December 8, 2009

'माओवादीको शिरदेखि तिरसम्म उग्रवाममन्थी र अराजक सोच'

दुर्गालाल केसी/दाङ (कान्तिपुर)-



'काँग्रेसभित्रको बुढो सोच र माओवादीको अराजकता यसका बाधक छन् । यि दुवै कुरालाई मिलाएर लैजाने चुनौती हाम्रासामु आएको छ ।' 

एमाले अध्यक्ष झलनाथ खनालले माओवादी शिरदेखि तिरसम्म उग्रबामपन्थी र अराजक सोचबाट ग्रस्त भएकाले सहमतिको राजनीति सफल हुन नसकेको बताएका छन् । माओवादीको 'जर्वजस्ती राजनीति'ले देशमा प्रतिक्रान्तिको खतरा बढेको पनि उनको आरोप छ । मंगलबार दिउँसो जिल्ला पार्टी कार्यालय घोराहीमा कार्यकर्तालाई सम्बोधन गर्दै खनालले मओवादी अपराधिक र हिंशाखोरी मानसिकताबाट ग्रसित भएकाले देशमा संकट सिर्जना गरिरहेको धारणा व्यक्त गरे । 'अर्काको सम्पत्ती कब्जा गर्ने र जहाँ पनि जर्वजस्ती गर्न खोज्ने माओवादी प्रबृत्तिले प्रतिक्रान्तिकारीलाई नै फाइदा पुग्छ,' उनले भने,'माओवादीले यसलाई क्रान्तिकारी काम ठानेको छ तर यो क्रान्ति होइन प्रतिक्रान्ति निम्त्याउने काम हो । यो युगमा जर्वजस्ती राजनीति चल्दैन । यस्ता जर्वजस्तीले प्रतिक्रान्तिकारीलाई नै एकजुट हुन बल मिल्छ ।' माओवादीले उग्रवामपन्थी र अराजक मानसिकताका कारण बेहोशीपूर्ण तरिकाले काम गरिरहेको खनालले बताए । 'माओवादीले बेहोशीपूर्ण तरिकाले काम गरेको छ,' खनालले भने,'यही कारणले उसले संबिधानसभामा गर्ने काम पनि जर्वजस्ती गरेको छ । एक्लै गणराज्य घोषणा गर्ने कामलाई कसैले पनि होशपूर्ण काम भन्न सक्दैन ।'
अहिले तिक्त प्रतिस्पर्धा गर्ने समय नभए पनि माओवादीले त्यसलाई मलजल गरिरहेको उल्लेख गर्दै खनालले साझा सहमतिबाहेक अरु कुनै पनि बिकल्प नरहेको विचार बताए ।

माओवादीले अर्गेल्याइ गरेकाले सहमति हुन नसकेको पनि उनको भनाइ थियो । 'माओवादीले अर्गेल्याइ गर्न छोड्नुपर्छ,' उनले भने,'नत्र मुलुक ठूलो भड्खालोमा जान्छ ।' जेठ १४ सम्म संबिधान जारी नभए त्यसपछि राष्ट्र नै रहन्छ की रहदैन भन्ने खतरा बढेको उनले बताए । समयमै संबिधान बनाउन परिवर्तनकारी शक्तिहरु एक ठाउँमा आउनुपर्ने धारणा राख्दै अध्यक्ष खनालले त्यसका लागि एमालेले प्रयत्न गरिरहेको जानकारी दिए । 'सोमबार बनेको कार्यदलले नै यसको निकास निकाल्छ,' उनले भने,'शायद अब यो अन्योल धेरै दिन बाँकी रहदैन । केही दिनमै सहमति नभए मुलुकमा दुर्भाग्य हुन्छ ।'

संबिधान निर्माण, शान्तिलाई पूर्णता, राज्य पुनर्संरचना, आर्थिक क्रान्ति र राष्ट्रिय एकतालाई सुदृढ गर्ने अहिलेको मुख्य कार्यभार रहेको उनले बताए । 'तर दलहरु यो दिसामा जान सकेनन्,' उनले भने,'काँग्रेसभित्रको बुढो सोच र माओवादीको अराजकता यसका बाधक छन् । यि दुवै कुरालाई मिलाएर लैजाने चुनौती हाम्रासामु आएको छ ।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by