ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, December 6, 2009

खुल्ला सिमानाका कारण नेपाली अर्थतन्त्रमा प्रभाव

संजय सौगात/बुटवल (दैनिकी)

खुल्ला सिमानाका कारण नेपाली अर्थतन्त्र र राष्ट्रियता परनिर्भर बनेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन। उनिहरुले स्वाधिन अर्थतन्त्रको लागी असमान सन्धी संझौताको खारेजी र पुनरावोलकन आवश्यक रहेको बताए। पुरानो सन्धी संझौताहरुलाई खारेजी गर्दै गणतान्त्रिक नेपाल अनुकुलको नयाँ संझौता गर्नु पर्नेमा जोड दिए। नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन नवलपरासीले परासीमा आयोजना गरेको खुल्ला सिमाना र यसले उद्योग व्यापारमा पारेको प्रभाव विषयक कार्यक्रममा बोल्ने राजनितिक दलका विभिन्न संघ संस्थाका प्रतिनिधी तथा पत्रकारहरुले खुल्ला सिमानाले नेपाली अर्थतन्त्र र राष्ट्रियतालाई धरापमा पारेको बताए। कार्यक्रममा जुनसुकै राजनितिक पार्टीको सरकार बने पनि राष्ट्रियताको विषयमा गम्भिर नभएको बताउदै दलहरुलाई राष्ट्रियता र स्वाधिन अर्थतन्त्रको पक्षमा कदम चाल्न खवरदारी गरे। कार्यक्रममा एकिकृत नेकपा माओवादीका उपाध्यक्ष एवं पुर्व अर्थमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकार कठपुतलीको सरकार भएको भन्दै राष्ट्रियता र स्वाधिनताको पक्षमा नरहेको आरोप लगाए।
उनले जनताले पराजित गरेकाहरुको सरकार भएकाले जनताको अभिमतलाई ख्याल नगरेको बताए। माओवादीले संझौता उलंघन गर्‍यो भन्ने भ्रम फैलाएर सत्ताको कुर्सी जोगाउन वर्तमान सरकारले दलाली गरेकोले अर्थतन्त्र धरासायी हुदै गएको उनको भनाई छ । माओवादीले सत्ता कब्जा गर्छ भन्ने वाहानामा एमाले कांग्रेसले सत्ता कब्जा गरेका छन। उनले भने यो वदनाम गर्ने षडयन्त्र बाहेक केही होइन।

 संयुक्त राष्ट्रिय जनआन्दोलन समितिका संयोजक समेत रहेका नेता भट्टराईले माओवादीको नेतृत्वको सरकारले गरेको जनपक्षीय कार्यक्रमलाई वजेटमा समावेश नगरेर शान्ति संझौताको उल्लघन गरेको दोहोर्‍याए। उनले भने स्वारोजगार कार्यक्रम कार्यान्वयन भयो भने त्यसमा माओवादी फल्छ भन्ने भ्रमले वर्तमान सरकारलाई गाजेको छ। नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय अध्यक्ष कृष्ण आर्चायले स्वधिन अर्थतन्त्रको पक्षमा र दलाल पुजीवादी नोकरसाही अर्थतन्त्रको विपक्षमा आफुहरु रहेको बताए। सुस्ता बचाउ आन्दोलनका अध्यक्ष गोपाल गुरुङले सिमामा बस्ने नेपालीहरुको पिडालाई काठमाण्डौकाले नबुझेकोमा आक्रोस पोखे। उनले भने हामी हाम्रा बाख्रा कुखुरा बेचेर पनि स्वधिनताको पक्षमा लडेका छौ।

संगठनका जिल्ला अध्यक्ष संपुर्णा नन्द गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा अर्थविद डा. डिल्लीराज खनाल, प्राध्यापक कैलाश ठाकुर, अधिवक्ता आनन्द भुषाल लगाएतले प्राध्यापक हरिचरण रानाभाटले प्रस्तुत गरेको कार्यपत्रमाथि टिप्पणी गरेका थिए। कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष कृष्ण बहादुर कार्की, उद्योग वाणिज्य संघका नवलपरासीका अध्यक्ष बैजनाथ जैसवालले स्वधिन अर्थतन्त्रको पक्षमा खबरदारी गर्नु पर्ने बताए।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by