ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, December 18, 2009

हुलै बाँधेर भन्सार छलिन् आइजिपीकी श्रीमतीले



मोहन भट्टराई/विराटनगर (नयाँ पत्रिका)

अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि बास्कोटाले विराटनगरमा पत्रकार सम्मेलन गरी सरकारी कर्मचारी र उनका परिवारले भारतको बजारमा कुनै पनि सामान खरिद गरेको पाइए कारबाही गर्ने ठोकुवा गरिरहेकै बेला नेपाल प्रहरीका आइजिपी रमेश चन्द ठकुरीकी श्रीमतीले पारिवारिक दलबलसहित भारतीय बजार जोगबनीबाट हजारौँका सामान खरिद गरेकी छन्, अचम्म नै हो- उनले एक रुपैयाँ पनि राजस्व तिरेकी छैनन् । आइजिपी ठकुरीकी श्रीमती देविना चन्दले भारतीय बजारबाट हजारौँ मूल्यबराबरका सरसामान खरिद गरी काठमाडौं फर्केकी छन् । प्रहरी परिवार महिला संघकी अध्यक्षसमेत रहेकी चन्दले नेपाल सरकारको ना१झ ८४१ र बा६च ८९१९ नम्बरको पजेरो गाडी लिएर भारतीय बजारबाट सामान खरिद गरेकी हुन् ।
आइजिपिकी श्रीमतीलेे भारतीय बजारबाट सामान खरिद गर्न विराटनगरस्थित पूर्व प्रहरी क्षेत्रीय कार्यालयका डिआइजिकी श्रीमतीको सहयोग लिएकी थिइन् । जोगबनी बजारबाट आइजिपी श्रीमतीले हजारौँ रुपैयाँ मूल्यबराबरको कुर्ता-सुरवाल, सारी, काजु, शृंगारका सरसामान र विद्युतीय सामग्री खरिद गरेकी छन् । तर, आइजिपी र डिआइजिकी श्रीमती चढेका सरकारी गाडीमा सामान भरिभराउ भए पनि भन्सार भने एक रुपैयाँ तिरेनन् । उनीहरूले खरिद गरेका सामानको भन्सारसमेत तिरेनन् ।

सरकारी गाडीमा भारतीय सामान खरिद गरेर भन्सार नतिरी नेपाल र्फकनेमा आइजिपी र डिआइजीका श्रीमती मात्र होइन, उनीहरूका नातागोता पनि थिए । तर, भन्सारका कुनै पनि कर्मचारीले यसको विरोध गर्न सकेनन् । दुई किलो चिनी किनेर र्फकने विद्यार्थीलाई नेपाली सीमाभित्र पसेर कुट्ने भारतीय प्रहरीले नेपाली आइजिपिकी श्रीमतीलाई भने कुनै रोकतोक गरेन । भन्सार उठाउनुपर्ने नेपाली कर्मचारी पनि चुपचाप रहे । 'हामीलाई एक किलो दाल ल्याउँदासमेत भन्सार खोई भन्दै समात्ने, ठूलाले भन्सार नतिरी ल्याउँदा भन्सारका कर्मचारीले केही नगर्ने ?' एक सर्वसाधारणले आक्रोश पोखे ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by