ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, December 14, 2009

१० लाखको रगतमा पौडी खेल्ने मन्तव्यप्रति आपत्ति

काठमाडौं (नागरिक)- माओवादी अध्यक्ष पुष्पकमल दाहालले 'अबको आन्दोलन १० लाखको रगतमा पौडी खेलेर भए पनि सफल पारिने' भनी दिएको मन्तव्यप्रति 'हिंसा अन्त्य' ले आपत्ति प्रकट गरेको छ।  जिम्मेवार नेतालाई रक्तपात तथा हिंसा भड्किने अभिव्यक्ति नदिन पनि उसले अनुरोध गरेको छ। कुनै पनि दल वा समूहले आफ्ना माग सम्बोधन गर्नका निम्ति हिंसापूर्ण आन्दोलन गर्ने सार्वजनिक अभिव्यक्तिले आम नागरिकको शान्तिप्रतिको चाहनामाथि कुठाराघात गर्ने पनि हिंसा अन्त्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। दाहालले जनयुद्धदेखि शान्ति सम्झौतासम्म विषयक फोटो प्रदर्शनी उदघाटनका क्रममा भनेका थिए- अबको आन्दोलन १० हजार हैन, १० लाखको रगतमा पौडी खेलेर भए पनि सफल पारिनेछ। हिंसा अन्त्यमा कुलचन्द्र गौतम, सिके लाल, आनीछोइङ डोल्मा, राजेश हमाल, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र अमृत गुरुङ छन्।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by