ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, December 13, 2009

भारतीय सुरक्षाकर्मीद्वारा ज्यादती

सर्लाही (नागरिक)- 

महोत्तरी जिल्लाको पश्चिमवर्ती सम्सी नाकामा गएराति भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानहरुले नेपालको भूमिमा आई सर्वसाधारणलाई कुटपिट गरेका छन्। सम्सीस्थित दसगजा क्षेत्रमा भारतको कन्हया बेस क्याम्पबाट नायव निरीक्षक अर्जुन प्रधानको नेतृत्वमा आएका भारतीय सुरक्षाकर्मीहरुले सम्सी-५ निवासी बौवाजी राउतको जग्गामा बनाएको टहरा समेत भत्काएका छन्। सोही ठाउँको श्याम महतोको चिया नास्ता र पान पसल तोडफोड गरेका छन् भने करिब आधा दर्जन पसलेहरुलाई कुटपिट गरी घाइते बनाएका छन्। राति करिब साढे आठ बजेको समयमा आएका भारतीय सीमा सुरक्षा बलका जवानहरुले भोलि बिहानसम्म सम्पूर्ण पसलेहरुलाई त्यस ठाउँबाट आ-आफ्नो पसल हटाउन आदेश दिएका छन्। साथै त्यहाँबाट पसलहरु नहटाए आइतबार फेरि आएर सुरक्षाकर्मीहरुले कुटपिट गर्ने चेतावनी दिएको स्थानीय विजय यादवले बताएका छन्। भारतीय सुरक्षाकर्मीले नेपालको भूमिमा प्रवेश गरी घर भत्काउने र कुटपिट गर्ने कार्यले सम्सीका नेपाली जनता त्रसित भएका छन्। (रासस)

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by