ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, December 16, 2009

सेनालाई चीनले ३० करोड ५२ लाख सहयोग गर्ने

काठमाडौँ (नागरिक)- 

चीन सरकारले नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न ३० करोड ५२ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। चिनियाँ रक्षामन्त्रालयका तर्फबाट जिया जाइकोलिङको नेतृत्वमा आएको छ सदस्यीय टोलीले बुधबार बिहान रक्षामन्त्री विद्यादेवी भण्डारी र रक्षा सचिव नवीनकुमार घिमिरेसितको भेटमा यस्तो प्रतिवद्धता जनाएका हुन्। भेटमा तत्कालीन रक्षामन्त्री रामबहादुर थापाको चीन भ्रमणमा क्रममा चीन सरकारले गर्ने भनेको १ अर्ब ९० करोड रुपैयाँ सहयोगको प्रतिवद्धतालाई एक महिनाभित्र कार्यान्वयन गर्ने आश्वासन चिनियाँ टोलीले दिएको छ। यस्तो सहयोग विकास निर्माण सम्बन्धी क्षेत्रमा खर्च हुने रक्षा सचिव घिमिरेले 'नागरिक'लाई बताए। भेटमा चिनियाँ पक्षले सीमा क्षेत्रमा निरन्तर भेटघाट गर्ने र त्यहाँ विभिन्न भवन बनाउने प्रस्ताव राखेका थिए। जवाफमा नेपाली टोलीका तर्फबाट सचिव घिमिरेले सीमासम्बन्धी क्षेत्र रक्षा मन्त्रालयले मात्र हेर्ने नभई गृह र परराष्ट्र मन्त्रालयसित पनि समन्वय गर्नुपर्ने हुँदा छलफल गरी पछि जवाफ फर्काउने जानकारी दिएका थिए। 
भेटमा रक्षामन्त्री भण्डारीले नेपाली सेनालाई शान्तिकालमा आवश्यक हुने उद्धार, विकास निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्न आग्रह गरिन्। सेनालाई अस्पतालको आवश्यकता खट्‍किएकोले त्यसमा सहयोगका लागि पनि मन्त्री भण्डारीले आग्रह गरिन्। चिनियाँ टोलीले रक्षामन्त्री र रक्षा सचिवलाई चीन भ्रमणको निमन्त्रणा दिएको थियो। जवाफमा रक्षामन्त्रीले प्रधानमन्त्रीको पुस ११ को भ्रमणपछि आफूले चीन भ्रमण गर्ने वचन दिइन्।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by