ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, December 14, 2009

प्रधानमन्त्री कोपनहेगन प्रस्थान

काठमाडौ (नागरिक)- 
 
प्रधानमन्त्री माधवकुमार नेपाल डेनमार्कको कोपनहेगनमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी शिखर सम्मेलनमा भाग लिन सामेबार त्यसतर्फ प्रस्थान गरेका छन् ।  थाइ एयरवेजको विमानबाट दिउँसो साँढे २ बजे त्यसतर्फ गएका हुन् । उनले मुलुकको राजनीतिक गतिरोध सहमतिबाट अन्त्य हुने विश्वास व्यक्त गरे ।  'जलवायु परिवर्तनले विकाशशील राष्ट्रहरुलाई पारेको प्रभावका बारे विश्वको ध्यानाकर्षण गराउनेछु' विमानस्थलमा संवाददाताहरुसंगको संक्षिप्त कुराकानीमा उनले भने । उनको विधाइका लागि सभामुख सुभाष नेम्वाङ, मन्त्रीहरु र उच्च पदस्थ अधिकारीहरु आएका थिए ।  प्रधानमन्त्री नेपालले बुधबार शिखर सम्मेलनमा सम्बोधन गर्नेछन् । उनको भ्रमण टोलीमा ३८ जना छन् । टोलीमा प्रधानमन्त्री पत्नी गायत्री नेपाल, प्रधानमन्त्रीका सल्लाहकारहरु रघुजी पन्त, राजन भट्टराई, विष्णु रिजाल,बिज्ञान तथा प्रविधि राज्यमन्त्री इन्द्रप्रसाद ढुंगेल, ८ सभासद, ९ पत्रकार, मुख्य सचिव र परराष्ट्र मन्त्रालयका अधिकारीहरू र दुई अंगरक्षक छन् । 
प्रधानमन्त्री दम्पतीबाहेक भ्रमणदलका अन्यको सबै खर्च बेलायती अन्तर्राष्ट्रिय विकास विभाग -डीएफआईडी० र विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) ले बेहोरेका छन् ।  सम्मेलनमा अमेरिकी राष्ट्रपति बाराक ओबामा, भारतीय प्रधानमन्त्री मनमोहन सिंह, चिनियाँ राष्ट्रपति हु जिन्ताओ, बेलायती प्रधानमन्त्री गोर्डन ब्राउनसहित अधिकांश मुलुकका राष्ट्रप्रमुख र सरकारप्रमुखको सहभागिता रहनेछ ।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by