ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, December 19, 2009

यही सरकारलाई पूर्ण समर्थन छः भारतीय प्रधानमन्त्री

एकराज पाठक/कोपनहेगन (नागरिक)- 

प्रमुख प्रतिपक्षी दल माओवादीसँग वार्ताको माध्यमबाट सहमति कायम गरी मिलेर जानुपर्ने सुझाव डा. सिंहले दिएको र राष्ट्रिय राजनीतिक सहमतिका लागि आˆनो सरकारमार्फत् नेपालले गरेका प्रयासहरुको जानकारी डा. सिंहलाई गराएको पनि प्रधानमन्त्री नेपालले जानकारी दिए । 
भारतीय प्रधानमन्त्री डा.मनमोहन सिंहले प्रधानमन्त्री माधवकुमार नेपालको वर्तमान सरकारलाई नै भारतको पूर्ण समर्थन रहेको र यही सरकारले नेपालमा शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्‍याई निर्धारित समयमै नयाँ संविधान निर्माण गर्ने आशा व्यक्त गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी हुन शुक्रबारमात्र यहाँ आएका डा.सिंहले प्रधानमन्त्री नेपालसँगको भेटमा नेपालको यही सरकारले नै नेपाली जनताको इच्छाबमोजिम नयाँ संविधान निर्माणको काम गर्ने अपेक्षा गरेका थिए । 'तपाईंजस्तो सक्षम व्यक्ति प्रधानमन्त्री रहेकोले नेपालका सबै राजनीतिक पार्टी एवम्ं पक्षलाई मिलाएर लानुहुन्छ र सार्थकरुपमा राजनीतिक निकास दिने काममा पूर्ण सफल हुनुहुन्छ भन्नेमा हामी विश्वस्त छौ' भेटपछि डा. सिंहको भनाइ उद्धृत गर्दै प्रधानमन्त्री नेपालले पत्रकारहरुसँग भने । नेपाली जनताको इच्छाबमोजिम नेपालको स्थायित्व एवम् विकासका लागि जे जस्तो सहयोग गर्न पनि भारत सरकार तत्पर रहेको प्रतिबद्धता सिंहले व्यक्त गरेको जानकारी पनि प्रधानमन्त्री नेपालले दिए ।
प्रमुख प्रतिपक्षी दल माओवादीसँग वार्ताको माध्यमबाट सहमति कायम गरी मिलेर जानुपर्ने सुझाव डा. सिंहले दिएको र राष्ट्रिय राजनीतिक सहमतिका लागि आˆनो सरकारमार्फत् नेपालले गरेका प्रयासहरुको जानकारी डा. सिंहलाई गराएको पनि प्रधानमन्त्री नेपालले जानकारी दिए । प्रधानमन्त्री नेपालले आफूले नेपालमा विकसित राजनीतिक परिस्थितिका साथै आगामी दिनमा पनि प्रतिपक्षी दल माओवादीसँग राष्ट्रिय सहमति कायम गरी अघि बढ्ने विषयलाई वर्तमान सरकारले सधै प्राथमिकतामा राख्ने योजनाका बारेमा पनि पनि डा. सिंहलाई जानकारी दिएको बताए ।

हिजै प्रधानमन्त्री नेपालले सोही सम्मेलनमा सहभागी हुन आउनुभएका अमेरिकी राष्ट्रपति बाराक ओबामासँग पनि भेटघाट गरेका थिए । भेटमा नेपालको राजनीतिक अवस्थाबारे तथा नेपालको शान्ति प्रक्रिया के कसरी अघि बढिरहेको छ भन्ने विषयमा उनले चासो राखेको र त्यस विषयमा आफूले जानकारी गराएको प्रधानमन्त्री नेपालले बताए । 

त्यसैगरी प्रधानमन्त्री नेपालले गए राति नै चिनियाँ प्रधानमन्त्री बेन जियाबाओसँग पनि भेटघाट गरेका थिए । भेटका क्रममा आˆनो निकट भविष्यमा हुन लागेको चीन भ्रमणका विषयमा कुराकानी भएको उनले जानकारी दिए । त्यस्तै उनले अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनसँग पनि सोही कार्यक्रमस्थलमा भेटघाट गरे । क्लिन्टनले नेपालको राजनीतिक अवस्थाका विषयमा चासो व्यक्त गर्नुका साथै नेपाल भ्रमणका लागि इच्छुक रहेको बताएको प्रधानमन्त्री नेपालले पत्रकारहरूलाई जानकारी दिए ।

त्यसैगरी भियतनामका प्रधानमन्त्रीसँगको भेटमा उनले नेपालमा राजदूतावास स्थापना गर्न भियतनाम सरकार इच्छुक रहेको जानकारी गराएको र त्यसको नेपालले स्वागत गर्ने आफूले बताएको पनि प्रधानमन्त्री नेपालले जानकारी दिए । उक्त सम्मेलनमा सहभागी विश्वका विभिन्न देशका राष्ट्रपति एवम् प्रधानमन्त्रीहरुसँग भएका भेटमा ज्ालवायु परिवर्तनको असरलाई कम गर्ने क्रममा नेपाल सरकारले अघि सारेका योजना एवम् एजेन्डाको सराहना गरेको र आगामी दिनमा पनि यसरी नै यी एजेन्डामा सशक्त ढङ्गले नेपाल लाग्ने अपेक्षा व्यक्त गरेको पनि उनले जानकारी दिए ।

नेपालले अतिकम विकसित राष्ट्र र हिमाल तथा पहाडहरुको देशका हैसियतमा यी दुवै पक्षसँग सम्बन्धित एजेन्डालाई सामूहिक एवम् साझारुपमा राखेकोले पनि यसप्रति विश्व समुदायले नेपालको सराहना गरेको प्रधानमन्त्री नेपालले बताए ।

उक्त विश्व सम्मेलनमा नेपालले राखेको एजेन्डालाई विश्व समुदायले सुनेका छन् भन्दै प्रधानमन्त्री नेपालले तर नेपालले यस्तो संवेदनशील एवम् विश्वकै सामूहिक चासोका विषयमा गर्नुपर्ने गरी तयारी भने गर्न नसकेको महसुस आफूलाई भएको प्रतिक्रिया दिए । आगामी दिनमा यो विषयलाई अझ सशक्त एवम् जनचासोका विषयका रुपमा अघि बढाउन नेपालले आˆना विज्ञहरु सम्मिलित एक समूह बनाई गम्भीर गृहकार्यका साथ लागि पर्ने पनि प्रधानमन्त्री नेपालले जानकारी दिए ।

उक्त सम्मेलनमा सहभागी हुन गत मंगलबार यहाँ आइपुगेका प्रधानमन्त्री नेपाल स्वदेश फर्किने क्रममा आजै नर्वेको राजधानी ओस्लो प्रस्थान गर्दैछन् । प्रधानमन्त्री नेपाल थाइल्याण्डको बैङ्कक हुदै आइतबार नेपाल आइपुग्ने कार्यक्रम छ । रासस

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by