ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, December 15, 2009

भारतीय मन्त्रीहरुसंग सेनापति गुरुङको भेट


नयाँ दिल्ली (कान्तिपुर)

भ्रमणमा रहेका सेनापति छत्रमान सिंह गुरुङ्ले मंगलवार दुई भारतीय मन्त्रीलाई भेटेका छन् । भारतीय राष्ट्रपतिबाट यहाँको सेनाको मानार्थ महारथीको उपाधी पाएका गुरुङ्ले दिल्लीमा विदेश मन्त्री एसएम कृष्णा र रक्षा मन्त्री एके एन्थोनीसँग शिष्टाचार भेट गरेका हुन् । उनले दुबै मन्त्रालयका सचिव र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार एमके नारायणनलाई पनि भेटेका छन् । सबै भेटहरूमा दुई देशबीचको सैनिक र जनस्तरीय सम्बन्धबारे कुरा भएको बताइएको छ । 'दुई देशका सेनाहरुको सम्बन्ध कुनै पनि राजनीतिक हस्तक्षेप विना सूचारु रहनुपर्छ भन्ने कुरा भयो,' दिल्लीस्थित नेपाली दूतावासका सैनिक सहचारी कर्णेल अशोक नरसिंह राणाले इकान्तिपुरसँग भने- 'नेपाल र भारतका सेनाहरुबीचको सम्बन्ध व्यवसायिक मात्र नभएर पारिवारिक तहमा समेत भएको र जनस्तरको सम्बन्ध पनि उत्तिकै घनिष्ट भएको बारे कुरा भयो ।' आठदिने भ्रमणमा आएका गुरूङ बुधबार दक्षिण भारतमा जाने कार्यक्रम छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by