ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, December 19, 2009

नेपाल एकीकरण गर्दाको मुख्य किल्ला सर्वसाधारणका लागि खुला

डडेल्धुरा (नागरिक)- 

नेपाल एकीकरणका क्रममा अमर सिंह थापाले स्थापना गरेको प्रमुख प्रशासकीय किल्ला अमरगढी सर्वसाधारणका लागि खुला गरिएको छ। सशस्त्र द्वन्द्वको बेला नेपाली सेनाले सुरक्षाको कारण देखाउँदै किल्लामा सर्वसाधारणलाई प्रवेश रोकेको थियो। बृहत् शान्ति सम्झौतापश्चात् स्थानीयवासीहरुको दवाबका कारण जिल्लास्थित सर्वदलीय संयन्त्र, अमरगढी नगरपालिका, स्थानीय प्रशासन र नेपाली सेनासँगको छलफलपछि किल्ला खुला गर्ने निणर्य भएको हो। प्रजातन्त्रको पुनःस्थापनापश्चात् २०५४ सालमा यस किल्लाको नामबाट अमरगढी नगरपालिका घोषणा गरी एक वर्षसम्म यस किल्लामा पुर्णरुपमा प्रवेश खुल्ला गर्दै नेपाली सेनालाई हटाइएको थियो। २०५७ सालदेखि पुनः प्रवेश निषेध गरी नेपाली सेनालाई खटाइएको थियो। किल्ला प्रवेश खुल्ला गराइएपछि ऐतिहासिक तथा पुरातात्विक स्थलको प्रचारप्रसार भई भावी पुस्ताका लागि मार्ग प्रशस्त हुने समाजसेवी नरबहादुर विष्टले बताए।
नेपाल एकीकरणमा पश्चिमकिल्ला काङ्गडासम्मको ठूलो भू-भाग नेपालमा गाभ्न कर्णालीवारिको अमरगढी किल्ला अमरसिंह थापाको प्रमुख प्रशासकीय किल्लाको रुपमा रहेको थियो। नेपाल एकीकरणपश्चात् पनि यस किल्लामा नेपाली सेनाको एक टुकडीले पहरा दिँदै आएको थियो। रासस

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by