ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, December 18, 2009

प्रधानमन्त्री र हिलारी भेटवार्ता आज/भियतनामले दूतावास खोल्ने

अब्दुल्लाह मियाँ/कोपनहेगन (कान्तिपुर)- 

प्रधानमन्त्री माधवकुमार नेपाल र अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनबीच शुक्रबार भेटवार्ता हुंदैछ । विहीवार सांझ भेटको समय तय गरिएपनि जलवायु परिवर्तनसम्वन्धि सम्मेलनमा युरोपियन युनियन (इयु) संगको छलफल लम्बिएपछि भेटवार्ता सारिएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए । प्रधानमन्त्री नेपालले विहीवार भियतनामका प्रधानमन्त्री, नर्वेका वातवारण र अन्तराष्टिय विकास र डेनमार्कका विकास सहयोगमन्त्रीसंग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।  जलवायु परिवर्तनसम्वन्धि विश्व सम्मेलनलाई सम्वोधन गर्न प्रधानमन्त्री नेपाल मंगलवार कोपनहेगन आएका थिए । उनी शनिवार स्वदेश र्फकने कार्यक्रम छ ।  भेटका क्रममा भियतनामले छिट्टै नेपालमा दूतावास स्थापना गर्ने जानकारी गराएको छ । प्रधामन्त्री नेपाल र समकक्षी ङुएन टान डुङवीच भएको भेटवार्तामा उक्त जानकारी दिएको हो । 
भियतनामले जलस्रोत, कृषी, भौतिक संरचनाका साथै विकास निर्माणमा सहयोग गर्न इच्छुक भएको बताएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।  प्रधानमन्त्री नेपालले भियनामका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । प्रधानमन्त्री नेपाललाई डुङले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने जवाफ दिएका थिए ।  त्यस्तै, प्रधानमन्त्री नेपालले नर्वेका अन्तराष्टिय विकास र वातावरणमन्त्री इरिक सोल्हेमसंग भेट गरेका थिए । प्रधानमन्त्री बसेको होटल कोङ अर्थरमा भएको भेटवार्तामा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन नर्वेले सक्दो सहयोग गर्ने बताएको भट्टराईले जानकारी दिए । 

भेटमा मन्त्री इरिकले नेपालको वर्तमान राजनीतिक परिस्थितीबारे चासो राखेका थिए । उनले नर्वे नेपालमा दिगो शान्ति स्थापना भएको हेर्न चाहेको प्रधानमन्त्रीलाई बताएका थिए । प्रधानमन्त्रीले विहीवार नै डेनमार्कका विकास सहयोगमन्त्री उल्ला टोमससंग पनि भेट गरेका थिए । 

अति कम विकसित मुलुकहरु -एलडिसिज)को नेतृत्व गरिहरको बंगलादेश, लिसोथो र नेपालवीच भएको छलफलमा पनि नेपालले भाग लिएका थिए । छलफलमा अति कम विकसित मुलुकहरुमा जलवायु परिवर्तनले पारेको असरलाई साझा मुद्दाका रुपमा संयुक्त रुपमा उठाउने प्रतिबद्धता जनाईएको छ ।प्रधानमन्त्री नेपालले भारतीय कम्युनिष्ट पार्टीका नेता सिताराम यचुरीसंग समसामयकि राजनीति र शान्ति प्रक्रियाबारे पनि छलफल गरेका थिए । डेनमार्ककी रानी मार्गरेटले आयोजना गर्ने रात्रीभोजमा प्रधानमन्त्री सहभागी भएका थिए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by