ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, December 16, 2009

भारतीय प्रहरीले गल्ती स्विकारे


भैरहवा (नयाँ पत्रिका)

नेपाली प्रहरी र सर्वसाधारणमाथि कुटपिट गर्ने भारतीय सीमा सुरक्षाबल एसएसबीले गल्ती स्विकारेको छ । सोमबार साँझदेखि तनावग्रस्त बनेको रूपन्देहीको सीमा-नाका कुटपिटमा संलग्नलाई कारबाही गर्न भारतीय पक्ष तयार भएपछि मंगलबार दिउँसोबाट सामान्य बनेको छ । भारतीय सीमा सुरक्षा बल -एसएसबी) ले सोमबार नेपाली भूमिमा आएर गर्भवती महिलासहित नेपाल प्रहरीलाई समेत कुटपिट गरेको थियो । त्यसको विरोधमा भएको प्रदर्शनका कारण सोमबार साँझ पाँच बजेदेखि रूपन्देहीको बेलहिया नाका तनावग्रस्त बनेको हो ।  नेपालका सुरक्षा अधिकारी, नागरिक समाज, स्थानीय राजनीतिक दल र भारतीय सुरक्षा अधिकारी तथा सुनौली व्यापारमण्डलका पदाधिकारीबीच सम्पन्न बैठकले घटनामा संलग्नलाई कारबाही गर्ने निर्णय भएको छ । बैठकले आगामी दिनमा यस प्रकारका घटना हुन नदिनका लागि दुवै देशका प्रतिनिधि सम्मिलित १४ सदस्यीय समितिसमेत गठन गरेको छ ।
भारतीय एसएसबी आफ्नो पक्षबाट कमजोरी भएको स्वीकार गर्दै सीमानाकामा रहेको एसएसबीको पूरै युनिट परिवर्तन गरी नयाँ ल्याउन तयार भएको छ । नयाँ युनिटमा महिलालाई चेकिङ गर्नका लागि महिला सुरक्षाकर्मी नै ल्याउनेसमेत निर्णय भएको छ । यसअघि भारतीय पुरुष सुरक्षाकर्मीले नै नेपाली महिलालाई चेकिङ गर्दै आएका थिए । त्यसैगरी दसगजा क्षेत्रमा कसैले पनि बल प्रयोग गर्न नपाउने सहमति भएको रूपन्देहीका प्रहरी प्रमुख छविलाल बन्जाडे जोशीले बताए ।  इलाका प्रहरी कार्यालय बेलहियामा सम्पन्न बैठकमा नेपालका तर्फबाट रूपन्देहीका प्रहरी प्रमुख छविलाल बन्जाडे जोशी, बेलहिया गाउँ समाजका प्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो भने भारतका तर्फबाट सशस्त्र सीमा सुरक्षा बल महाराजगन्जका कमान्डनेट ललितकुमार, एसपी पाध्याय, सुनौली व्यापारमण्डलका प्रतिनिधि सहभागी थिए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by