ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, December 13, 2009

स्पाइस जेटले नेपालमा उडान गर्ने

काठमाडौ (कान्तिपुर)- 

भारतीय विमान कम्पनी स्पाइस जेटले सन् २०१० देखि काठमाडौंमा उडान गर्ने भएको छ । स्पाइसजेटले काठमाडौं-दिल्ली र बैंगलोर-काठमाडौं दैनिक उडान गर्ने कम्पनीका उपाध्यक्ष कमल हिंगोरानीले बताए । बोइङ ७३७-८०० र ७३७-९०० बाट २०१० को जुन महिनादेखि कम्पनीले उडान थाल्नेछ । यो भारतको दोस्रो ठूलो र सस्तो हवाई कम्पनी हो । 'हामीले पर्यटन तथा नागरिक उडड्न मन्त्रालयबाट छिट्टै अनुमति पाउनेछौं,' हिंगोरानीले भने । कम्पनीले आन्तरिक उडानमा पाँच वर्ष पूरा गरेको अवसरमा नेपालमा हवाई सेवा सुरु गर्न लागेको हो । 'कम्पनीले स्थापना भएको पाँच वर्षमा अन्तर्राष्ट्रिय उडान थाल्ने उद्देश्य लिएको थियो,' उनले भने । स्पाइसले २० वटा जहाजबाट दैनिक १ सय २५ आन्तरिक उडान गर्दै आएको छ ।  आफ्नो विमानमा अन्य कम्पनीको तुलनामा भाडादर सस्तो हुने स्पाइसको नेपालस्थित जिएसए जेनिथ ट्राभलका प्रबन्धनिर्देशक जोय दिवानले बताए । कम्पनीको विमान १ सय ९० सिट क्षमताको रहेको दिवानले जानकारी दिए । 'यसले आन्तरिक उडानमा पाँच वर्ष बिताइसकेको छ,' उनले भने 'नेपालमा गर्ने अन्तर्राष्ट्रिय उडान पहिलो हो ।' कम्पनीले नेपालपछि श्रीलंका र बंगलादेश उडान सुरु गर्ने योजना बनाएको छ । यसअघि मन्त्रालयका सचिव नगेन्द्र घिमिरेले २०११ सम्म नेपालबाट सीधा अन्तर्राष्ट्रिय उडान गर्ने २५ कम्पनीलाई अनुमति दिइने बताएका थिए । हाल २१ विमानकम्पनी सञ्चालित रहेकोमा जेट एयरवेज र फ्लाई दुबईले पनि उडान अनुमति पाइसकेका छन् । 

फ्लाई दुबईले भने मंसिर ३० गतेदेखि उडान सुरु गर्ने बताएको छ । नेपाल कम्पनीको ११ औं गन्तव्य हो । उसले काठमाडौं-दुबईका लागि सातामा चार उडान गर्नेछ । कम्पनीका अनुसार आइतबार, मंगलबार, बिहीबार र शुक्रबार दिउँसो सवा एक बजे काठमाडौंबाट विमानले उडान भर्नेछ । यात्रुले फ्लाई दुबईबाट उड्न करसहित १२ हजार १ सय ८४ (आउने/जाने) रकम बुझाउनु पर्नेछ । कम्पनीका अनुसार यो भाडादर मंसिर ३० गतेको मध्यरातसम्मका लागि मात्र हो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by