ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, December 16, 2009

माओवादी गणराज्य घोषणाप्रति राष्ट्रपति चिन्ता यथावत/हामी प्रतिकार गछौं: गच्छेदार

काठमाडौं (कान्तिपुर) -

राष्ट्रपति रामवरण यादवले माओवादीको गणराज्य घोषणा कार्यक्रम फिर्ता नलिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । राष्ट्रपतिभवन पुगेका कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छेदारसँग उनले त्यसलाई रोक्न सरकारले पर्याप्त काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका थिए । 'राष्ट्रपतिज्यूले माओवादीले गणतन्त्र घोषणा कार्यक्रम स्थगित नगरेकोमा चिन्ता व्यक्त गर्नुभयो' गच्छेदारले राष्ट्रपतिसंगको भेटपछि संवाददाताहरुसंग भने, 'म माओवादीसंग अन्तरिम संविधानविरोधी र संविधनसभालाई वाइपास गर्ने यो कार्य बन्द गर्न आग्रह गर्दछु ।' गच्छेदारले सत्तारुढ मधेसवादी तीन दलले माओवादीको कार्यक्रमबिरुद्ध गरेको निर्णयको जानकारी राष्ट्रपतिलाई गराएका थिए । मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक), तराई मधेस लोकतान्त्रिक पार्टी र सदभावना पार्टीको बैठक बसी बुधबार नै माओवादीले घोषणा गरेको गणराज्य र कैलालीलगायतका स्थानमा गरिएको बन अतिक्रमणका कार्यक्रमको कडा विरोध गरेका थिए ।
'हामी मधेसवादी दलहरुले माओवादीले आफ्नो क्रियाकलपा गरी नै अघि बढाइरह्योभने सशक्त प्रतिकार गर्ने निर्णय गरेका छौं' गच्छेदारले भने, 'अन्तरिम संविधान, बृहत शान्ति सम्झौताको बिरुद्धमा शान्ति प्रकृयालाई विथोल्ने काम हुन दिन्नौं ।' यसअघि पनि राष्ट्रपति यादवले माओवादीको गणराज्य घोषणा कार्यले सामाजिक सद्भाव विथोल्ने र मुलुकलाई गम्भीर द्वन्दमा फसाउने उल्लेख गर्दै प्रधानमन्त्री माधवकुमार नेपालसंग पटक/पटक चिन्ता व्यक्त गरेका थिए । उनले प्रधानमन्त्रीलाई गणराज्य घोषणा रोक्न प्रयास गर्न आग्रहसमेत गरेका थिए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by