ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, December 15, 2009

नेपालभित्रै पसेर नेपाली प्रहरी कुटे भारतीय प्रहरीले


मुकेश पोखरेल/भैरहवा (नयाँ पत्रिका) -

भारतीय सीमा सुरक्षा बल एसएसबीले हतियारसहित नेपाली भूमिमा प्रवेश गरी नेपाल प्रहरीका जवान र सर्वसाधारणलाई कुटपिट गरेको छ । चिनी लिन गएका विद्यार्थीलाई लखेट्दै सुनौली नाकाबाट नेपाल प्रवेश गरेका भारतीय प्रहरीले प्रहरी मात्र होइन, गर्भवती महिलालाई समेत कुटेर घाइते बनाएका छन् ।  एसएसबीको कुटपिटबाट इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी जवान एकबहादुर रुजाल घाइते भएका छन् । रिजालको हातमा गम्भीर चोट लागेको छ । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । एसएसबीको कुटाइबाट चन्दन श्रेष्ठ, राजकुमार बस्नेत र दानबहादुर रायमाझी घाइते भएका छन् ।
त्यसैगरी सिद्धार्थनगर नगरपालिका-१३ की गर्भवती रविना थापा समेत घाइते भएकी छिन् । खुला सीमा पार गरेर भारतीय बजारमा चिनी किनेर नेपाल र्फकँदै गरेका विद्यार्थीसँग एसएसबीका सुरक्षाकर्मीले घुस मागेका थिए । तीनजना मिलेर १० किलो चिनी किनेका विद्यार्थीले घुस दिन नमानेपछि विवाद भएको थियो । विवादबीच भारतीय सुरक्षाकर्मी नेपाली विद्यार्थीमाथि जाइलागेका थिए ।
ज्यान जोगाउन भागेका विद्यार्थीलाई लखेट्दै भारतीय प्रहरी नेपाली भूमिमा प्रवेश गरेको थियो । नेपाली भूमिमा आएरसमेत भारतीय प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको थियो । यही बीचमा नेपाल प्रहरीका जवान रुजालसमेत घाइते भएका हुन् । बेलहियाका स्थानीय बास्ािन्दाका अनुसार भारतीय सुरक्षाकर्मीले बन्दुकको कुन्दा, बुट र लाठीले नेपालीमाथि आक्रमण गरेका थिए । नेपालीमाथि भएको ज्यादतीको विरोधमा नेपाली सर्वसाधारणले बेलहिया नाका बन्द गराएर दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । दोषीलाई कारबाही नभएसम्म नाका बन्द गर्ने बेलहियाका स्थानीय बास्ािन्दा अर्जुन गिरीले नयाँ पत्रिकालाई बताए । 'हतियारसहित नेपाली भूमिमा आएर, नेपाल प्रहरी र सुरक्षाकर्मीमाथि आक्रमण भएको छ, यो भारत र त्यहाँका सुरक्षाकर्मीको दादागिरी हो ।'

त्यस्तै, बेलहिया गाउँ समाजका अध्यक्ष सुरेन्द्र क्षेत्रीले नेपालीमाथि निरन्तर रूपमा भारतीय प्रहरीबाट ज्यादती भएकाले अब दोषीलाई कारबाही नभएसम्म प्रदर्शन हुने बताए । 'अब अति भयो, दोषीलाई कारबाही नभएसम्म नाका खुल्दैन,' क्षेत्रीले भने । नेपालतर्फ मात्र होइन, किनमेलका लागि भारतीय बजार सुनौली जाने नेपालीलाई विनाकारण दुःख दिएको भन्दै भारतीय सर्वसाधारण र व्यापारी पनि प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले पनि एसएसबीको विरोधमा भारततर्फको सुनौली बजार बन्द गराएका छन् ।  नेपाल प्रहरी रूपन्देहीका प्रमुख एसपी छविलाल बन्जाडेले भारतीय सुरक्षाकर्मीले नेपालीमाथि ज्यादती गदर्ैै आएको बताए । 'हामीले भारतीय नागरिकलाई जुन सम्मानका साथ व्यवहार गर्छौँ, भारतीय प्रहरीले पनि नेपाली नागरिकसँग त्यस्तै व्यवहार गर्नुपर्छ भन्ने हाम्रो अडान छ,' बन्जाडेले भने, 'यो घटनापछि पनि हामीले भारतीय पक्षसँग यही कुरा गरेका छौँ, भोलि -मंगलबार) बिहान छलफल हुँदै छ ।' एसपी बन्जाडेका अनुसार नेपाली सर्वसाधारणमाथि भारतीय सुरक्षाकर्मीबाट हुने दुव्र्यवहारबारे माथिल्लो निकायमा पटक-पटक जानकारी भएको छ ।

'तर, भारतीय पक्षबाट निरन्तर ज्यादती भइरहेको छ, यसबारेमा हाम्रो लेभलबाट मात्र समस्या समाधान हुँदैन,' उनले भने । सोमबारको कुटपिटको घटनाबारे भने भारतीय सुरक्षा अधिकारीसँग आफूले नै कुरा गरेको बन्जाडेले बताए । 'मैले नेपालीमाथि अन्याय भयो भनेको छु, भारतीय सुरक्षा अधिकारीले पनि आफ्ना जवानको गल्ती भेटिए कारबाही गर्छु भनेका छन्, वार्तापछि कुरा मिल्छ भन्नेमा म विश्वस्त छु,' उनले भने ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by