ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, December 17, 2009

प्रधानमन्त्री भेटघाटमा ब्यस्त/ओबामा र मनमोहन आज आउने

अब्दुल्लाह मियाँ/कोपनहेगन (कान्तिपुर)- 

प्रधामन्त्री माधवकुमार नेपाल र नर्वेका अन्तराष्ट्रिय विकास र वातावरणमन्त्री इरिक सोल्हेमवीच बिहीबार यहाँ भेटवार्ता भएको छ । प्रधानमन्त्री बसेको होटल कोङ अर्थरमा भएको भेट वार्तामा शान्ति प्रक्रियालाई निष्कर्षम पुर्‍याउन नर्वेले सक्दो सहयोग गर्ने बताएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए । इरिकले नेपालको वर्तमान राजनीतिक परिस्थितिबारे चासो राखेका थिए । उनले नर्वे नेपालमा दिगो शान्ति स्थापना भएको हेर्न चाहेको प्रधानमन्त्रीलाई बताएका थिए ।  आजै बेलुकी पौने ६ बजे प्रधानमन्त्री नेपाल र अमेरीकी परराष्ट्रमन्त्री हिलारी क्लिन्टनबीच पनि भेटवार्ता हुँदैछ । त्यस्तै, मलेशियाली र भियतनामका प्रधानमन्त्रीका साथै डेनमार्कका विकास सहयोगमन्त्रीसँग पनि आजै छलफल हुने सल्लाहकार भट्टराईले जानकारी दिए । आजै बेलुकी डेनमार्ककी रानीले आयोजना गर्ने रात्रीभोजमा प्रधानमन्त्री सहभागी हुने कार्यक्रम छ । 
ओबामा र मनमोहन आज आउने

जलवायु परिवर्तनसम्वन्धि विश्व सम्मेलनमा भाग लिन हरितगृह उत्सर्जनमा उल्लेख्य भूमिका रहेका अमेरिका र भारतका राष्ट्र प्रमुखहरु आज कोपनहेगन आउँदैछन् । अमेरिकी राष्ट्रपति बाराक ओबामा र भारतीय प्रधानमन्त्री मनमोहन सिंह आज कोपनहेगन आइपुग्नेछन् । दुई नेताको आगमनलाई कोपनहेगनमा विशेष चासोका रुपमा हेरिएको छ । विकसित र प्रदुषक मुलुकहरुले क्योटो प्रोटोकललाई अन्त्य गर्न चाहिरहेका बेला ओबामाले यसबारे सकारात्मक धारणा राख्ने आशा गरिएको छ

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by