ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, January 2, 2010

एमाले अध्यक्षको भनाईप्रति नेपाली कांग्रेसको आपत्ति

'एकअर्कालाई दोष नलगाऔँ'-

काठमाडौँ, पुस १८ (नागरिक)- एमाले अध्यक्ष झलनाथ खनालले सहमतीय संस्कृतिको विपरीत निराधार आरोप लगाएको भन्दै नेपाली कांग्रेस संसदीय दलको बैठकले आपत्ति जनाएको छ। बैठकले दलहरुको सहमतिले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनु पर्ने र निर्धारित समयमा संविधान बनाउनु पर्ने चुनौति रहेको बेला एक अर्कालाई दोष नलगाउन आग्रह पनि गरेको छ। एमाले अध्यक्ष खनालले राजनीतिक सहमतिका लागि कांग्रेस बाधक भएको भन्ने अभिव्यक्तिलाई गम्भीर रुपमा लिएको बैठकपछि सञ्चारकर्मीहरुसित कुरा गर्दै कांग्रेस सभासद् नवीन्द्रराज जोशीले जानकारी दिए।
बैठकले आफ्ना कार्यकर्ताहरुमाथि माओवादीबाट लगातार भइरहेको आक्रमण, जग्गा कब्जाको विरोध गर्दै विगतका सहमति र सम्झौता पालन गर्ने विषयमा गम्भीर बन्न एकीकृत माओवादीलाई आग्रह गर्ने निर्णय गरेको छ।
कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई नोबल शान्ति पुरस्कारका लागि सिफारिश गर्ने सरकारको निर्णयलाई बैठकले स्वागत गरेको छ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by