ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, January 2, 2010

जनमत संग्रह नगरी संघीयतामा जाने निर्णय गलत: कोइराला



काठमाडौ, २०६६ पुस १८ - 

उपप्रधानमन्त्री सुजाता कोइरालाले जनमत संग्रह नगरी संघीयतामा जाने निर्णय गरेर गल्ती गरिएको बताएकी छन् । उनले संघीयताबारे जनताको इच्छा, चाहना बुझ्न जनमत संग्रह गर्नुपर्ने पनि बताइन । अझै पनि समय बाँकी भएकाले जनमतको आधारमा संघीयतामा जानुपर्ने उनले बताइन । जनता मुलुकमा कस्तो खालको संघीयता चाहन्छन् भन्ने कुरा चार पाँचजना नेता या दुई-तीनवटा पार्टीले गरेर नहुने बताउदै जनमत संग्रह प्रजातान्त्रिक संस्कृति भएकाले संघीयताबारे जनमत संग्रह गराउन सकिने उनले बताइन ।

शनिबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले संघीय राज्यको आकार सानो हुनुपर्ने बताउदै अहिलेकै ५ बिकास क्षेत्रलाई नै संघीयतामा बदल्न सकिने पनि बताइन । मुलुक संघीयतामा जाँदा पनि उत्तर-दक्षिण मिलाएर तीनदेखि पाँच गणराज्य बनाउनुपर्ने धारणा उनको भनाइ थियो । बिचार नपुर्‍याइ संघीयतामा जाँदा मुलुक टुक्रन सक्ने उनले चेतावनी पनि दिइन ।

कांग्रेसले संविधानसभामा बुझाएको १६ वटा राज्य प्रस्तावमा समेत आफ्नो असहमति रहेको उनले सुनाइन । 'त्यही कारण मैले केन्द्रीय समितिको बैठक समेत छाडेर हिँडे', उनले भनिन । तर उनले जनमत संग्रह गरेर पनि नयाँ संविधान १४ जेठ २०६७ भित्रै जारी गर्न सकिने धारणा राखिन ।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by