ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, December 28, 2009

तारे होटलमा स्वदेशी तरकारी/ उत्पादन बढेपछि मूल्य घट्यो

काठमाडौ (कान्तिपुर)-

उपत्यकाका ठूला होटलको तरकारी माग स्वदेशी उत्पादनबाटै पूरा हुन थालेको छ । कृषकहरू हाइबि्रड तरकारी खेतीतर्फ आकषिर्त भएपछि होटलले तोकेको मापदण्डअनुरूपको उत्पादन स्वदेशमै हुन थालेको छ । यसले माग धान्न थालेपछि आयातित तरकारीको परिमाणसमेत घटेको छ ।  'कति परिमाणमा प्रयोग हुन्छ, त्यसको निश्चित तथ्यांक राखिएको छैन,' कालिमाटी फलफूल तथा तरकारी बजारका कार्यकारी निर्देशक तुलसीदास गौतमले भने, 'प्रायः स्वदेशी नै प्रयोग हुन्छ । केही मात्र भारत र अन्य मुलुकबाट आयात हुन्छ ।'  होटलहरूले एउटै आकार र राम्रो गुणस्तरको उत्पादन मात्र प्रयोग गर्ने भएकाले विगतमा धेरै मात्रामा तरकारी बाहिरबाट आयात हुने गथ्र्यो । हाल बाहिरी मुलुकबाट आयात हुनेमा प्याज, आलु, ठूलो टमाटर र लसुन प्रमुख छन् । यीमध्ये प्याज ९५ प्रतिशत, ठूलो टमाटर ६० प्रतिशत भारतबाट आयात हुन्छ । त्यस्तै स्वदेशी उत्पादनले अपुग भएमा भारत र भुटानबाट आलु नेपाल  भित्रन्छ । विशेष गरी साउनदेखि मंसिरसम्म भुटानको आलु प्रयोग हुने व्यापारीहरूले बताए ।

सिजनमा तारे होटलमा मासिक ४० लाख बराबरको फलफूल तथा तरकारीको कारोबार हुने गरेको कालिमाटी ताजा फलफूल तथा तरकारी बिक्री केन्द्रका राजेन्द्र दुवाले बताए । उनले होटल सोल्टी, याक एन्ड यती, र्‍याडिसन, मस्र्याङ्दी, एभरेस्ट र गोकर्ण रिसोर्टका लागि फलफूल तथा तरकारी आपूर्ति गर्दै आएका छन् । 'सधै एकैनासको कारोबार भने हुँदैन,' दुवाले भने, 'विशेष कार्यक्रम र बढी पाहुना भएका बेला नियमितभन्दा बढी कारोबार पनि हुन्छ ।' यसरी उपत्यकाभित्र रहेका पाँच/चार तारे होटलका लागि फलफूल र तरकारी आपूर्ति चारजना व्यापारीले गर्ने गरेका छन् ।

तीमध्ये तीनजनाले दुवै र एकजनाले फलफूल मात्र आपूर्ति गर्छन् । उपत्यकाका होटलमा धादिङ, नुवाकोट, चितवन, लालबन्दी, विराटनगर, काभ्रे र ठिमीलगायत स्थानबाट ल्याइएको तरकारी प्रयोग हुन्छ ।  कम उत्पादन र गुणस्तर राम्रो नहुँदा फलफूलमा भने विदेशी उत्पादन बढी प्रयोग भइरहेको छ । कालिमाटीकै अर्का व्यापारी चन्द्रबहादुर दुवाका अनुसार 'सिजन' मा समेत स्वदेशी फलफूलले माग पूरा गर्न सकिँदैन । 'माग भएअनुसार सुन्तला मात्र स्वदेशी उत्पादनले पुग्छ,' चन्द्रले थपे, 'अरू सबै भारत, चीन र अन्य मुलुकबाट ल्याइन्छ ।' स्याउ र नासपाती चीनबाट तथा अनार, मेवा, स्विटलाइम, भुइँकटहर, वाटरमिल, केरा, मौसम भारतबाट आउने गरेको छ । उनले मासिक साढे ४ लाख रुपैयाँ बराबरको तरकारी क्यासिनो नेपाल, अन्ना र ग्य्रान्ड होटलमा आपूर्ति गर्दै आएको बताए ।

त्यस्तै होटल ह्यात रिजेन्सीमा १२ लाख रुपैयाँ बराबरको फलफूल तथा तरकारी आपूर्ति हुने गरेको  व्यवसायी कुमार गौतमले बताए । 'विशेष कार्यक्रम हुँदा योभन्दा बढी कारोबार हुन्छ,' उनले भने । गाजर पनि ९७ प्रतिशत स्वदेशी उत्पादन नै प्रयोग हुने गरेकेा उनको अनुभव छ । 'नपुग ३ प्रतिशत चीनबाट आउँछ,' उनले थपे, 'तरकारीमा स्वदेशी उत्पादन प्रयोग बढे पनि फलफूलले स्थान लिन सकेको छैन ।'

उत्पादन बढेपछि मूल्य घट्यो
अनुषा घिमिरे

काठमाडौं- तरकारी मूल्यमा पुस महिना लागेपछि कमी आएको छ ।  तरकारीको सिजन सुरु भएकाले मूल्य घटेको कालिमाटी तरकारी बजारका व्यवसायी बताउँछन् । मंसिर अन्तिम साता सय रुपैयाँ धार्नी रहेको आलुको मूल्य अहिले घटेर ७० देखि ६५ रुपैयाँमा आएको छ । काउली किलोको १२ र बन्दा ८ रुपैयाँमा झरेको छ । यसैगरी गोडभेंडामा सबैभन्दा बढी मूल्य घटेको  छ । दुई साताअघि झन्डै ४० रुपैयाँ किलो पर्ने गोलभंेडा ८ रुपैयाँमा आएको छ । भारतीय आलु ५० देखि ५५ रुपैयाँमा झरेको छ । अहिले प्रायः सबै ज्ािल्लामा तरकारीको सिजन सुरु भइसकेकाले मूल्य लगातार ओरालो लाग्ने क्रममा छ ।  यसैगरी आइतबार कालिमाटी तरकारी बजारमा भान्टा किलोको १४ रुपैयाँ, सिमी र मोटरकोसा ४० रुपैयाँमा बिक्री भएको छ । यसैगरी काँक्रो २० र गाजर २४ रुपैयाँ किलोमा बिक्री भएको छ । अहिले चितवन, लालबन्दी, सर्लाही, धादिङ, नुवाकोट, काभ्रेलगायत जिल्लाबाट राजधानीमा तरकारी आउने गरेको छ ।

मूल्य सस्तो भएपछि खपत बढी हुने गरेको छ । सिजन भएकाले उत्पादन पनि बढी भएको छ । त्यसैले तरकारी पनि बढी भित्रिने गरेको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए । उनले भने, 'केही साताअघिसम्म सात टन आउँथ्यो । अहिले बढेर दस टन आउन थालेको छ ।'  यो महिनाको अन्त्यसम्ममा आलुको मूल्य अझै घट्ने व्यवसायी बताउँछन् । आलुको मूल्य दैनिकजसो ओरालो लागेको उनको भनाइ छ । सागको पनि उत्पादन बढेकाले मूल्यमा कमी आएको छ ।

लसुन र प्याजको मूल्य भने यसको विपरीत बढ्दै गएको छ । अहिले स्थानीय लसुनको उत्पादन घटेकाले बढेर १ सय २२ रुपैयाँ किलो पुगेको घिमिरेले बताए । गत वर्ष यो महिनामा लसुन २५ रुपैयाँ किलो थियो । गत वर्ष लसुन बिक्री कम भएकाले किसान र व्यापारी दुवैले घाटा सहनुपरेकाले यो वर्ष उत्पादन घटाएको व्यवसायीहरू बताउँछन् । भारतबाट आउने प्याजको त्यहीँ मूल्य बढेकाले यहाँ पनि बढेको हो । अहिले प्याज ३७ रुपैयाँ किलो छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by