ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, January 2, 2010

राजधानीमा टायर जुलुस

काठमाडौं, पुस १८- 

जुलुस र बन्दका बेला बाल्न प्रयोग हुँदै आएको टायर शनिबार विरोधका प्रतीकका रुपमा गुडाउन प्रयोग भयो। निर्धारित मितिमै संविधान लेख्नुपर्ने माग गर्दै 'संविधान निर्माणका लागि राष्ट्रव्यापी युवा दबाब' अभियानले शनिबार टायर जुलुस निकालेको छ। अभियानले नयाँ बानेश्वरदेखि बबरमहलसम्म टायर सडकमा गुडाएर विरोध प्रदर्शन गरेको हो। अभियानका संयोजक दीपक भट्टराईले टायरबाट गुड्ने सवारी साधनलाई बन्दका नाममा गुड्न नदिने र टायर बाल्ने परम्पराको साङ्केतिक विरोध गर्नका लागि आफूहरुले टायर जुलुस निकालेको बताए। अभियानका सदस्यहरुले निर्धारित समयमै संविधान लेख्नुपर्ने, शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउनुपर्नेलगायतका प्लेकार्ड बोकेका थिए। आभियानले पुस ३० गते शान्ति र संविधानका लागि बृहत् नागरिक दबाब कार्यक्रम गर्न लागेको अभियानका सदस्य अजय शिवाकोटीले जानकारी दिए।
- रासस

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by