ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, December 29, 2009

चिनियाँ गाडी नेपालमा ल्याउन समझदारी

नारायण सापकोटा/बेइजिङ (नागरिक)- 

जापानी प्रविधिमा चीनमा तयार पारिएका गाडी नेपालमा बिक्री गर्न बेइजिङ अटो वर्क्स र आइएमइ समूहबीच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा आईएमइ समूहका अध्यक्ष चन्द्र ढकाल र चिनियाँ कम्पनी अन्तराष्ट्रिय विकास विभागका जनरल मेनेजर वागं ह्यापेंगले बेइजिङमा हस्ताक्षर गरेका छन्। भारतीय ठूला गाडी ट्रक, ट्रिपरको बिक्री गर्दै आएको आइएमईले चीनका ठूला साना दुबै गाडी नेपाल लैजाने जनाएको छ। केही दिनभित्र गृहकार्य गरी गाडी नेपाल लगिने ढकालले नागरिकलाई बताए। जापानी प्रविधिबाट बनेको पिकअप, भ्यान, माइक्रोबस,जिप, एम्बुलेन्स आइएमइले नेपाल लैजाने जनाएको छ। जापानी भन्दा चिनियाँ गाडी सस्तो हुने भएकोले चिनियाँ गाडीले बजार लिने विश्वास ढकालले व्यक्त गरे। चीनमा विएडब्लु दोस्रो ठूलो कम्पनी हो। यसमा सरकारको स्वामित्व छ। सन् १९५८ देखि यो कम्पनी चिनमा संचालनमा छ। सन् २००७ देखि यो कम्पनीले विदेशमा गाडी निर्यात गर्न थालेको हो।
गाडी आयातमा माग अनुरुप जतिसुकै लगानी गरिने ढकालले बताए। चिनियाँ वस्तुको गुणस्तर र बिक्रीपछिको सेवाका लागि कम्पनीबाट ढकालले भरपर्दो आश्वासन पाएको बताए। चिनियाँ गाडीका पार्टपुर्जा समेत सजिलो काठमाडौं किन्न सकिने व्यवस्था मिलाउने उनले बताए।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by