ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, December 29, 2009

संसदमा संविधानको सातौं संशोधन प्रस्तुत/संशोधन परमानन्द झा कै लागिः कानुन मन्त्री

काठमाडौं (कान्तिपुर) - 

कानुन मन्त्री प्रेमबहादुर सिंहले पद निस्कृय रहेका उपराष्ट्रपति परमानन्द झाले सपथ लिने आशयले नै संविधान संशोधन विधेयक संसदमा प्रस्तुत गरिएको बताएका छन् । मधेसी जनअधिकार फोरमका सभासद जेपी गुप्ताले सपथ सम्बन्धी व्यवस्थाको संशोधन गर्न संसदमा प्रस्तुत भएको संविधान संशोधन प्रस्तावले पद निस्कृय रहेका झालाई सपथ लिएपछि सक्रिय हुन दिन्छ वा दिन्न भन्ने जवाफ माग गरेपछि कानुन मन्त्री सिंहले उक्त कुरा बताए । 'परमानन्द झा अहिले सपथ ग्रहण नगरिएको उपराष्ट्रपतिको हैसियतमा हुनुहुन्छ, पारित भएपछि उपराष्ट्रपतिले सपथ लिने आशयका साथ यो बिद्येयक ल्याइएको हो' कानुनमन्त्री सिंहले भने । उनले विधेयक पारित भएपछि यसलाई अविलम्ब कार्यन्वयनमा लगिने उल्लेख गर्दै संसदले विद्येयक पास गरेर मार्ग प्रशस्त गर्ने अपेक्षा सरकारले गरेको समेत बताए । यसअघि गुप्ताले विद्यमान भाषा सम्बन्धी संविधानको संशोधन बिद्येयकले उपराष्ट्रपतिको निस्कृय पदलाई क्रियाशील गराउने नदेखिने हुँदा त्यसैलाई तत्काल फिर्ता लिइ नयाँ विधेयक प्रस्तुत गर्न आग्रह गरेका थिए । 
'विधेयकमा प्रस्तुत भएका भाषा हेर्दा परमानन्द झा नै क्रियाशील नहरने अबस्था भएकोले त्यो विद्येयकमा राष्ट्रिय भाषाहरुको अनुुसूचिसमेत समेटेर ल्याइए मात्र समस्या समाधान हुने देखिन्छ' गुप्ताले भनेका थिए । साथै यिनै विधेयकले समस्याको समाधान गर्ने हो भने त्यस सम्बन्धमा सरकारको स्पष्ट जवाफ माग गरेका थिए । गुप्ताले प्रस्तुत गरेको बिरोध प्रस्ताव बहुमतले अस्वीकार गरेको थियो । संसदबाट उपराष्ट्रपतिमा निर्वाचित झाले हिन्दी भाषामा सपथ लिएकोमा सर्वोच्च अदालतले त्यसलाई अबैध ठहर गरेको थियो । सपथलाई सर्वोच्चले मान्यता नदिएपछि उनको पद निस्कृय भएको थियो । 

मधेसवादी दलहरुले मातृभाषाहरुमा पनि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले सपथ लिन पाउनु पर्ने माग गरेपछि सरकारले अन्तरिम संविधानको -सातौं संशोधन) विद्योयक संसदमा प्रस्तुत गरेको हो ।  गत आइतवार प्रस्तुत गर्ने भनिएपनि फोरमका सभासद्ले विधेयक पारित भएपछि झाको पद क्रियाशील हुने वा नयाँ उपराष्ट्रपतिको हकमा मात्र लागू हुने भन्ने सम्बन्धमा सरकारको जवाफ माग गर्दै आफ्नो विरोध प्रस्ताव पेश गर्न समय मागेपछि स्थागित गरिएको थियो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by