१९९४ को नरसंहारपछि रुवान्डाले अति नै विकास गरेको रहेछ। सबैभन्दा मुख्य कुरा यहाँ फेरि पनि त्यस्तै इतिहास नदोहोरियोस् भनेर प्रत्येक नागरिकलाई सजग र सचेत बनाइएको रहेछ। कानुन अति नै कडा छ। अनी कार्यान्वयन पनि उति नै कडा छ। यहाँको सरकारले कडा रुपमा विदेशी शक्तिरास्ट्रलाई भनेको रहेछ- सहयोगको भावनाले आउँछौ भने स्वागत छ, होइन भने हाम्रो देश हामी आफै बनाउँदै छौ, बिथोल्न नआऊ। सरकारले भ्रष्टाचार कम गर्नको लागि पनि अति नै कडा कानुन ल्याएको रहेछ। मैले भेटेका प्रत्येक मानिसहरु रुवाण्डेली भएकोमा गर्व गर्छन्। अनि छिमेकी मुलुकहरु युगान्डा र तान्जानियामा जस्तो सरकारको आलोचना गर्दैनन्। सरकारी पैसामा हाम्रो देशमा जस्तो नेताहरुको राज छैन। नेता, मन्त्री अनि वरिष्ठ सरकारी कर्मचारीहरुले ५ वर्ष अगाडि नै महंगा गाडी चढ्न छाडेर सामान्य गाडी चढ्छन्।
उत्तरी युरोपको विश्वविद्यालयको विधार्थीको रुपमा तान्जानियामा ४ महिना बिताउने मौका पाइयो। त्यही अवसरमा वरपरका देशहरु घुम्ने मौका चुकाउन मन लागेन। अनि शुरु भयो मेरो ‘अल्टिमेट अफ्रिकन सफारी’। नमाङा भन्ने तान्जानिया केन्या सिमानामा १० डलर तिरेपछि ४८ घन्टाको भिसा पाइयो। तान्जानियाको दार् एस् सलाम देखि १५ घन्टे बस यात्रामा केन्याको राजधानी अनि पूर्वी अफ्रिकाको सबैभन्दा ठूलो शहर नैरोबी आइपुगेँ। नैरोबीका ती ठूलाठूला महलहरु, चौडाचौडा बाटोहरु देख्दा कुनै युरोपेली शहर जस्तै लाग्थ्यो। १र२ सय मिटर भित्र छिर्यो भने चाहिँ फेरि अर्कै केन्या देखिन्थ्यो। २ दिन नैरोबीमा बस्दा ओबामा रेस्टुरेन्ट्मा खाना खान्थेँ। अनि ओबामा साइबर क्याफे मै इमेल चेक गर्थेँ, अनि फेरि ओबामा सैलुनमा कपाल छोट्याएर युगान्डाको राजधानी कम्पालाको लागि बस चढेँ। युगान्डा सिमानामा नेपाली पासपोर्ट ओल्टाइ पल्टाइ हेर्यो। अनि ५० डलर तिरेपछि १ महिनाको भिसा दियो। युगान्डाका ती पहाडहरु अनि रातोमाटोले पोतेका घरहरु देख्दा नेपाल नै आइपुगे जस्तो लाग्थ्यो। त्यो पूरै बसमा म मात्र नन अफ्रिकन थिए त्यसैले प्रत्यक ठाँउमा बस रोक्दा मलाई हेर्दै मुजुङ्गो (विदेशी) भन्थे अनि कता-कता मलाई नेपालको आफ्नो बाल्यकालको याद आउथ्यो।
विश्वको सबैभन्दा लामो नदी नाइल तरेपछि युगान्डाको राजधानी आइपुग्यो, रात कम्पालामा बिताएपछि भोलिपल्ट रुवाण्डाको लागि बस समातेँ। ‘होटल रुवान्डा’ भन्ने फिल्म हेरेपछि कुनै दिन त्यो देश घुम्छु भन्ने इच्छा जागेको थियो। युगान्डाबाट हिंडेको बस रुवान्डा सिमानामा आइपुग्यो। युगान्डाबाट रुवान्डा छिर्दा मलाई ३ वर्ष अगाडि युरो लाइनको लन्डन पेरिस बस यात्राको याद आयो। तान्जानिया, केन्या अनि युगान्डामा बेलायतमा जस्तै देब्रे साइड्मा गाडी चलाउँछन् भने रुवान्डामा अरु युरोपमा जस्तै दायाँ साइडमा चलाउँदा रहेछन्। किनकी बाँकी तीन राष्ट्रहरु ब्रिटेनको उपनिवेश थियो एक जमानामा तर रुवान्डामा भने बेल्जियनहरुको।
Uganda मा म बसेको गेस्ट हाउको छत अनि पछाडि नेपाल सम्झाउने गाउँ।
१३ घन्टा उकाली ओराली गर्दै रुवान्डाको राजधानी किगाली आइपुगे। रुवान्डा पूर्वी मध्य अफ्रिकाको एउटा सानो भूपरिवेष्ठित देश हो, जहाँ संसारको सबैभन्दा अमानवीय नरसंहार भएको थियो। कल्पना पनि गर्न नसकिने गरी मात्र १०० दिनमा १० लाख मानिसहरु मारिएका थिए। अनि ३० लाखभन्दा बढी मानिस भागेर अरु देशमा शरणार्थी हुन पुगेका थिए। हुतु र तुत्सी भनिने दुई सम्प्रदायबीच गृहयुद्ध हुँदा, नेपालभन्दा छ गुणा सानो यो देश सम्पूर्ण रुपमा तहसनहस भएको थियो। त्यसैले यो नरसंहारलाई अहिलेसम्मकै संयुक्त रास्ट्र संघको सबैभन्दा ठूलो असफल मिसन र गल्तीको रुपमा हेरिन्छ। यो घटना भएको थियो १५ वर्ष अगाडि, १९९४ मा अर्थात् त्यतिबेला हाम्रो देशमा प्रजातन्त्र आएको ४ वर्ष बितिसकेको थियो। साँझको ६ बजे त्यही किगाली शहरको बसपार्कमा उत्रँदा आफैलाई विश्वास गर्न गाह्रो भयो कि यो त्यही शहर हो जहाँ केही वर्ष अगाडि १० लाख मानिसहरुको रगतको भेल बगेको थियो।
किगालीमा ३ दिन बिताएँ। हाम्रो देशको काठमाडौँ जस्तै चारैतिर पहाडै पहाडले घेरिए पनि यो शहर अति नै ब्यवस्थित लाग्यो मलाई। नगर बसहरु अति नै ब्यवस्थित, बाटोको वरपर अति नै सफा, ४ लेन सडकको बीचमा हरिया रुखहरु, सबै चौबाटोहरुमा ट्राफिक लाइट। यति सफा र ब्यवस्थित शहर मैले अहिलेसम्म कुनै पनि विकासोन्मुख देशमा देखेको थिइनँ। अनि विश्वका थोरै देशहरु मध्य रुवान्डाले प्लास्टिक निषेध गरेको छ। सडकको बीच-बीचमा चिटिक्क परेका बगैँचाहरु थिए। अनि प्रत्येक ठाउँमा कसै न कसैले सफा गरिरहेकै हुन्थेँ। मैले कल्पना गरेको रुवान्डा र वास्ताविक रुवान्डामा आकाश पातालको फरक पाएँ।
रुवान्डाको राजधानी किगालीको बसपार्क।
१९९४ को नरसंहारपछि रुवान्डाले अति नै विकास गरेको रहेछ। सबैभन्दा मुख्य कुरा यहाँ फेरि पनि त्यस्तै इतिहास नदोहोरियोस् भनेर प्रत्येक नागरिकलाई सजग र सचेत बनाइएको रहेछ। कानुन अति नै कडा छ। अनी कार्यान्वयन पनि उति नै कडा छ। यहाँको सरकारले कडा रुपमा विदेशी शक्तिरास्ट्रलाई भनेको रहेछ- सहयोगको भावनाले आउँछौ भने स्वागत छ, होइन भने हाम्रो देश हामी आफै बनाउँदै छौ, बिथोल्न नआऊ। सरकारले भ्रष्टाचार कम गर्नको लागि पनि अति नै कडा कानुन ल्याएको रहेछ। अस्ति भर्खर ट्रान्स्परेसी इन्टरनेसनलले प्रकाशित गरेको रिपोर्टमा रुवान्डा गर्वका साथ ८७ औँ स्थानमा छ, जबकि हाम्रो देश १४१ स्थानमा झरेको छ।
यहाँ धमाधम विकास भैराखेको छ, वैदेशिक लगानी बढ्दो छ, मानिसहरुमा हौसला छ, हाम्रो देश हामी आफैले बनाउनु पर्छ भन्ने भावना रहेछ यहाँ। यहाँ मैले भेटेका प्रत्येक मानिसहरु रुवाण्डेली भएकोमा गर्व गर्छन्। अनि छिमेकी मुलुकहरु युगान्डा र तान्जानियामा जस्तो सरकारको आलोचना गर्दैनन्। केही महिनाअगाडि विश्व बैंकले प्रकाशित गरेको अन्तरास्ट्रिय लगानी सम्बन्धी प्रगति रिपोर्टमा रुवान्डा विश्वमै अग्र स्थानमा आएको थियो। अर्को कुरा यहाँ ५० प्रतिशत जति सांसदहरु महिला छन्। सरकारी पैसामा हाम्रो देशमा जस्तो नेताहरुको राज छैन। नेता, मन्त्री अनि वरिष्ठ सरकारी कर्मचारीहरुले ५ वर्ष अगाडि नै महंगा गाडी चढ्न छाडेर सामान्य गाडी चढ्छन्। भर्खरै मात्र यहाँको सरकारले मन्त्रीहरुले चढ्ने गाडी सामान्य हुनुपर्ने गरी एउटा कानुन बनाएको छ। अनि जनताको दबाबमा यसको असर केन्या र युगाण्डा जस्ता छिमेकी देशहरुमा पनि देखिन थालेको छ।
अफ्रिका भन्ने बित्तिकै भोकमरी, गरिबी, कुपोषण, एड्स भन्ने छवि हाम्रो दिमागमा आउँछ जुन एक किसिमले सत्य पनि हो। तर यी सबै कुराको बाबजुद यिनीहरु हामी नेपाली भन्दा विकासमा अगाडि बढ्दै रहेछन्। यहाँ वैदेशिक लगानी अत्यन्त तीब्र रुपमा बढ्दो छ। भौतिक पूर्वाधारहरु धमाधम बन्दैछन्। विदेश पलायन भएकाहरुलाई स्वदेशमै राम्रा राम्रा अवसरहरुले आकर्षित गर्दैछ। यी सबैमा राजनैतिक स्थिरता र योग्य नेताहरुले महत्त्वपूर्ण भूमिका खेल्दो रहेछ। १५ वर्ष अगाडि तहसनहस भएको रुवाण्डाले पल कगामे जस्तो कर्मवीर र निडर राष्ट्रपति पाएको छ।
किगालीको संसद भवनबाट देखिएको दृश्य।
हामी नेपालीहरु केही कुरामा भने अगाडि नै छौँ। जस्तो कि सरदर आयु, साक्षरता, प्रतिब्यक्ति आय। त्यसैले संयुक्त रास्ट्र संघले प्रकाशन गरेको मानव विकास सूचकांकमा नेपाल धेरै अफ्रिकी राष्ट्रहरु भन्दा अगाडि १४४ स्थानमा छ। जबकि रुवान्डा १६७ औँ स्थानमा। तर महत्वपुर्ण कुरा के भने उनीहरुको प्रगति अति नै तीब्र छ। सन् २००० देखि यिनीहरुले ‘भिजन २०२०’ भनिने २० वर्षीय लक्ष्य लिएर हिँडेका रहेछन्। यो परियोजनामा महत्वाकांक्षी भन्दा पनि धेरै ब्यवहारिक कुराहरु रहेछन् जस्तो कि २००० मा यहाँको प्रति ब्यक्ति आय २०० डलर थियो भने २०२० मा ८७५ पुराउने, त्यस्तै साक्षरता ४८५ बाट १००५, सरदर आयु ४९ बाट ५५, वृद्धि दर ६५ बाट ९५। अहिलेको रुवान्डाको प्रगति देख्दा लाग्छ यी सबै कुराहरु प्राप्त गर्न यहाँको सरकार अति नै प्रतिवद्ध छ।
हामीहरु पनि सबै मिलेर हाम्रो देशको लागि सबैले आ आफ्नो तर्फबाट केही गरौँ। अझै पनि ढिला भएको छैन। होइन भने हाम्रा सन्तानहरुले कुनै दिन भन्नेछन् ‘अफ्रिकाको रुवान्डा भन्ने देश २० ३० वर्ष अगाडि नेपाल भन्दा साह्रै नै गरीब थियो रे’ जसरी अहिले हामीले भनिरहेका छौ ‘६० को दशकमा कोरिया र नेपालको अर्थतन्त्र उस्तै थियो, ७० तिर मलेसिया र सिंगापुर हामीहरु भन्दा पछाडि थिए।’
10 दिनको यात्रापछि तान्जानिया फर्कँदै।
No comments:
Post a Comment