ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, August 23, 2009

अर्थमन्त्रीले नै गरेनन् पेस्की फस्र्योट


एक सय २१ सभासद्ले नयाँ संविधानका लागि सुझाब संकलन गर्न जाँदा बुझेको पेस्की पाँच महिना बितिसक्दा पनि फर्स्योट गरेका छैनन्


खगेन्द्र पन्त/नयाँ पत्रिका


नयाँ संविधानका लागि पहिलो चरणमा जनताको सुझाब संकलन गर्न जिल्ला जाँदा संविधानसभा सचिवालयबाट बुझेको पेस्की सयभन्दा बढी सभासद्ले अझै फस्र्योट गरेका छैनन् ।

समयमै पेस्की फर्स्योट नगर्नेमा अर्थमन्त्री सुरेन्द्र पाण्डेसमेत छन् । कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरे, माओवादी नेता शालिकराम जमरकट्टेल एवं पूर्वअर्थमन्त्रीद्वय डा. रामशरण महत र डा. प्रकाशचन्द्र लोहनी पनि पेस्की फस्र्योट नगर्नेको सूचीमा छन् । आर्थिक कार्यविधि नियमावली ०६४ मा भ्रमणबाट फर्किएको ३५ दिनभित्र पेस्की फस्र्योट गर्नुपर्ने व्यवस्था छ । तर, मन्त्री, दलका नेता र सभासद्हरूले नियमावली लत्याउँदै तीन महिना बित्दासमेत पेस्की फर्स्योट गरेका छैनन् ।

नियमावलीमा समयभित्र पेस्की फस्र्योट नगर्नेबाट दस प्रतिशत ब्याजसमेत लगाई असुलउपर गरिने उल्लेख छ । सचिवालयले भने पेस्की फस्र्योटका लागि कुनै चासो देखाएको छैन । 'म्यादभित्र फाँटवारी पेस नगरी म्याद नाघेपछि पेस्की फर्स्योटका निमित्त फाँटवारी पेस हुन आएमा म्याद नाघेको अवधिको निमित्त बाँकी पेस्की रकममा दस प्रतिशत ब्याजसमेत लगाई असुल गरिनेछ,' नियमावलीको नियम ७५ मा उल्लेख छ ।

नयाँ संविधानका लागि जनताबाट पहिलो चरणको सुझाब संकलन गर्न सभासद्हरू गत वर्षको फागुन दोस्रो साताबाट जिल्ला गएका थिए । जिल्ला जाँदा हरेक सभासद्ले साढे २४ दिनको भ्रमणभत्ता, आवास र खाना खर्चबापत संविधानसभा सचिवालयबाट एकमुष्ट ४१ हजार ५० रुपैयाँका दरले पेस्की बुझेका थिए ।

संविधानसभा अध्यक्ष, उपाध्यक्ष, प्रधानमन्त्री र मन्त्रीहरूबाहेकका पाँच सय ७४ सभासद् ४० टोलीमा बाँडिई सुझाब संकलनका लागि ७५ वटै जिल्ला पुगेका थिए । सुझाब संकलनका क्रममा सभासद्हरूको भ्रमणभत्ता, आवास र खाना खर्चमा मात्रै सरकारी ढुकुटीबाट दुई करोड ३५ लाख ६२ हजार सात सय खर्च भएको छ । उनीहरू चैतको पहिलो साता सुझाब लिई काठमाडौं र्फकेका थिए ।

सचिवालयको तथ्यांकअनुसार पेस्की फस्र्योट नगर्ने एक सय २१ सभासद्मध्ये जिल्ला जाँदा बुझेको ४१ हजार ५० रुपैयाँ पूरै फर्स्योट नगर्नेमा ४२ सभासद् छन् । अहिलेका अर्थमन्त्री तथा एमाले संसदीय दलका उपनेता सुरेन्द्र पाण्डे, कांग्रेस उपसभापति तथा संसदीय दलका नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरे, पूर्वअर्थमन्त्रीद्वय डा. रामशरण महत र डा. प्रकाशचन्द्र लोहनी, माओवादी नेता शालिकराम जमरकट्टेल, धर्मशिला चापागाईं, कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी र एमाले केन्द्रीय सदस्य भानुभक्त जोशी यही सूचीमा पर्छन् । उनीहरूले पेस्की फस्र्योट गर्नेतर्फ ध्यानै नदिएको सचिवालयले जनाएको छ ।

त्यस्तै, ८१ सभासद्ले पूरै पेस्की फस्र्योट गरेका छैनन् । बहालवाला तीनजना मन्त्री पनि पूरै पेस्की फस्र्योट नगर्नेको सूचीमा छन् । स्वास्थ्यमन्त्री उमाकान्त चौधरीको ३५ हजार, ऊर्जामन्त्री डा. प्रकाशशरण महतको १५ हजार तीन सय र संघीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृतिमन्त्री डा. मीनेन्द्र रिजालको आठ हजार ६ सय ८५ रुपैयाँ पेस्की फस्र्योट गर्न बाँकी रहेको संसद् सचिवालयले जनाएको छ ।

पूरै पेस्की फस्र्योट नगर्नेको सूचीमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, माओवादी नेता दीनानाथ शर्मा, तराई मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठी, नेकपा एकीकृतका परी थापा, सभासद्हरू प्रतिभा राणा, आरजु देउवालगायत छन् ।

सचिवालयको लेखा शाखाका अनुसार पूरै फस्र्योट नगरेका केही सभासद्हरूले भने फस्र्योट गर्न बाँकी रकम आफ्नो तलबबाट कट्टा गरिदिन भनेका छन् । संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले पेस्की अर्थमन्त्रीले नै गरेनन् पेस्की फस्र्योट गर्न बाँकी रहेका सभासद्हरूलाई ताकेता गरिएको बताए । 'सचिवालयले सबै टोलीलाई पेस्की रकम फस्र्योट गर्न बारम्बार भनेको छ, धेरै माननीयज्यूले फस्र्योट गरिसक्नुभएको छ, केहीको बाँकी छ,' प्रवक्ता शर्माले नयाँ पत्रिकासित भने ।

पेस्की फस्र्योट नगर्ने सभासद् र रकमको विवरण

१) सुरेन्द्र पाण्डे (अर्थमन्त्री) ४१,०५०

२) रामचन्द्र पौडेल ४१,०५०

३) डा. रामशरण महत ४१,०५०

४) डा. प्रकाशचन्द्र लोहनी ४१,०५०

५) लक्ष्मणप्रसाद घिमिरे ४१,०५०

६) शालिकराम जमरकट्टेल ४१,०५०

७) श्यामसुन्दर गुप्ता ४१,०५०

८) खोभारी राय ४१,०५०

९) केशवकुमार बुढाथोकी ४१,०५०

१०) भानुभक्त जोशी ४१,०५०

११) धर्मशिला चापागाईं ४१,०५०

१२) नन्दनकुमार दत्त ४१,०५०

१३) विश्वदीप लिङ्देङ लिम्बू ४१,०५०

१४) जया घिमिरे ४१,०५०

१५) रामवती चौधरी ४१,०५०

१६) मृगेन्द्रकुमारसिंह यादव ४१,०५०

१७) महेन्द्र पासवान ४१,०५०

१८) सेवकीदेवी दास तक्मा ४१,०५०

१९) शत्रुघनप्रसादसिंह कोइरी ४१,०५०

२०) रामरति राम ४१,०५०

२१) राजलाल यादव ४१,०५०

२२) राजकिशोर यादव ४१,०५०

२३) विजयकुमार यादव ४१,०५०

२४) सुनिताकुमारी महतो ४१,०५०

२५) मोहनबहादुर खत्री ४१,०५०

२६) लक्ष्मी परियार ४१,०५०

२७) दुर्गादेवी पासवान ४१,०५०

२८) महेन्द्रप्रसाद यादव ४१०५०

२९) लक्ष्मण महतो ४१,०५०

३०) दुर्गा परियार ४१,०५०

३१) खोभारी राय ४१,०५०

३२) महेशप्रसाद यादव ४१,०५०

३३) इन्द्रमति यादव ४१,०५०

३४) सञ्जयकुमार साह ४१,०५०

३५) सरोजकुमार यादव ४१,०५०

३६) सुदर्शन बराल ४१,०५०

३७) पुरन रानाथारू ४१,०५०

३८) रामकुमार राय ४१,०५०

३८) धर्मराम विक ४१,०५०

३९) शंकरबहादुर खड्का ४१,०५०

४० गोविन्द चौधरी ४१,०५०

४१) रामबहादुर थापा मगर ४१,०५०

४२) चन्दा देवी ४१,०५०

४३) उमाकान्त चौधरी ३५,०००

४४) डा. मीनेन्द्र रिजाल ८,६८५

४५) डा. प्रकाशशरण महत १५,३००

Source:[http://www.nayapatrika.com/newsportal/cover_story/5122.html]

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by