ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, August 24, 2009

हतियारसहित निस्केका शिविरका लडाकु सशस्त्र प्रहरीको नियन्त्रणमा

बुटवल, भदौ ८ (नागरिक) - सशस्त्र प्रहरीले कपिलवस्तुको पिपरामा माओवादी लडाकु चढेका तीन वटा गाडी नियत्न्त्रणमा लिएको छ। गाडीमा हतियार देखेपछि गस्तिमा गएको प्रहरीले बा ००१ अ ७०, बा ००१ अ ६८ र बा ५ च ५१५९ नम्बरको गाडी नियन्त्रणमा लिएको हो भने बा ५ च ८८४८ नम्बरको अर्को गाडी भागेको प्रहरीले जनाएको छ। गाडीमा अहिलेसम्म एसएमजी, इन्सास लगायतका आठ थान हतियार भएको प्रहरीले जनाएको छ। उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय तौलीहवा लगिरएको छ। गाडीमा कति जना थिए भन्ने विषयमा प्रहरीले स्प्ट पारेको छैन।

भागेको गाडीमा विग्रेड कमाण्डर सूर्यवहादुर घर्तीलगायतका केही लडाकु भएको जनाइएको छ। दाङबाट पूर्वतर्फ आउँदै गर्दा पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको पिपरामा नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले गाडीसहितका लडाकुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीसमक्ष पक्राउ गरिएकाहरुले ती गाडी रुपन्देही स्थित सैनामैना लडाकु शिविरमा जान लागेको बताएका छन्। प्रहरीले केही हतियार राष्ट्रसंघको छाप नभएको बताए पनि त्यसको विवरण दिएको छैन।

उनीहरुको साथबाट प्रमुख जिल्ला अधिकारी, अनमिनका प्रतिनिधि, माओवादी शिविरका कमान्डरहरु घटनास्थल पुगेका छन्।

हतियारमा युएनको छाप लागेको र उनीहरु एक शिविरबाट अर्को शिविरमा जाँदा पक्राउ गरिएको हुनसक्ने राजधानीमा रहेका एक माओवादी कमान्डरले नागरिकलाई बताए।

Source:[http://nagariknews.com/politics/defence/4300-2009-08-24-09-23-50.html]

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by