ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, August 25, 2009

सपथ प्रकरण नचर्काउन ठाकुरलाई प्रधानमन्त्रीको आग्रह

९ भदौ, काठमाडौं । प्रधानमन्त्री माधवकुमार नेपालले तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई उपराष्ट्रपतिको सपथ प्रकरण नचर्काउन आग्रह गर्नुभएको छ ।

मंगलबार बिहान आफ्नै सरकारी निवास वालुवाटारमा डाकेर प्रधानमन्त्रीले ठाकुरलाई उपराष्ट्रपतिको सपथ प्रकरणको सकारात्मक अन्त्यका लागि आग्रह गर्नुभएको हो ।

भेटमा नेपालले उपराष्ट्रपतिलाई नेपाली भाषामा सपथ लिन मनाइदिन आग्रह गर्नुभएको ठाकुर निकट स्रोतले जनाएको छ ।


Source:[http://www.onlinekhabar.com/wp/2009/08/25/18085.html]


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by