ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, August 25, 2009

सर्वोच्चको आदेशको पालना गर्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति डा. रामवरण यादवले उपराष्ट्रपति परमानन्द झालाई सर्वोच्च अदालतको आदेशको पालना गर्न अनुरोध गरेका छन।
मंगलबार अपरान्ह चार बजे राष्ट्रपति कार्यालय पुगेका उपराष्ट्रपति झालाई राष्ट्रपति यादवले सर्वोच्च अदालतको आदेशको सम्मान गर्ननै उपयुक्त हुने आफ्नो धारणा रहेको बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए।
सोमबारसम्म राष्ट्रपतिको रायपछि मात्र निर्णय लिने बताउँदै आएका उपराष्ट्रपति झाले भने आफूले सल्लाह गरेर मात्र निर्णय लिने बताएका छन।
राष्ट्रपति र उपराष्ट्रपतिबीच आधा घण्टा छलफल भएको थियो।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by