ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, August 24, 2009

माओवादीले सरकारविरुद्द अविश्वास प्रस्ताव ल्याउने

रूद्र खड्का, नेपालगन्ज भदौ ८- पूर्व प्रधानमन्त्री तथा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार अल्पमतमा परेको दावी गर्दै माओवादी चाँडै अविश्वास प्रस्ताव ल्याउने तयारीमा रहेको खुलासा गरेका छन्। चुनाव हारेका धेरै व्यक्ति सरकारमा सामेल भएका कारण जनताको नजरमा वर्तमान सरकार गिरेको छ, सोमबार नेपालगन्जमा क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मलेनमा दाहालले भने। वर्तमान गठबन्धनमा सामेल २२ दलमध्येकै केही दल माओवादीको सरकार बन्नुपर्ने प्रस्ताव ल्याएर आफूकहाँ आइरहेको अध्यक्ष दाहालले खुलासा गरे।
बहुमत नपुगेको यो सरकार धेरै दिन टिक्दैन- दाहालले भने। पहिला संसदमा राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध छलफल होस् भन्ने चाहेको र त्यसपछि अविश्वास प्रस्ताव ल्याउने उनले बताए ।' राष्ट्रपतिका विरुद्ध ल्याइएको संकल्प प्रस्तावलाई संसदमा छलफल गर्न दिइनुपर्ने मागसमेत उनले राखे। यदि माओवादीलाई सबैतिरबाट दबाएर राख्न सकिन्छ भनेर कसैले ठानेको छ भने त्यो दुर्भाग्यपुर्ण हुने माओवादी अध्यक्षले बताए। सरकारकै कारण संविधान लेखनमा ढिलाई भइरहेको उनको आरोप छ।

प्रधानमन्त्री माधवकुमार नेपाल भारत भ्रमणमा रहेकै बेला आफु युरोप भ्रमणबाट फर्केपछि काठमाडौंमा नेपालको भ्रमण असफल रहेको बताएपछि मात्र प्रधानमन्त्रीले रोइवरी गरी भारतसँग वाणिज्य सन्धि गरेको दाहालले दाबी गरे। दुवै देशबीच वाणिज्य सन्धि भए पनि त्यो प्रारम्भिकमात्र भएकाले खुशी भइहाल्नुपर्ने अवस्था नरहेको उनको भनाइ थियो।

सेती–महाकाली, भेरी–कर्णाली र थारुवान राज्य समितिको प्रशिक्षणका लागि माओवादी अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्ष मोहन वैद्य, उपाध्यक्षद्धय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा, देव गुरुङ, नेत्रविक्रम चन्दलगायतका नेता आइतबार नेपालगन्ज आएका थिए।


Source:[http://nagariknews.com/politics/party-politics/4293-2009-08-24-07-09-44.html]

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by