ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, August 23, 2009

कुन बैँकको सेयर राम्रो

नारायण सापकोटा, काठमाडौं, भदौ ७- सेयर बजारमा सूचिकृत कम्पनीले गत वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन्। लगानीकर्ताले लेखा परीक्षण नभएको उक्त विवरणमा के हेर्ने ?
चुक्ता पुँजी, नाफा, प्रतिसेयर आम्दानी र पिइ रेसियोका आधारमा कुन बैंकको सेयर आकर्षक होला ? बजारमा अहिले बढी नाफा भएको र चुक्ता पुँजी कम भएको सेयरलाई आकर्षक मानिन्छ। यही आधारमा सर्वसाधारणले सेयर किन्ने गरेका छन्। गत वर्षको नाफाका आधारमा बंगलादेश बैंक सबैभन्दा अगाडि छ। यो बैंकको नाफा खराब कर्जा असुलीबाट भएको हो। सेयर बजारको आकर्षणका आधारमा निरन्तर नाफामा अगाडि भएका बैंक स्टयाण्डर्ड चार्टर्ड र नबिल बैंक हुन्।

चुक्ता पुँजी सबैभन्दा बढी भएको बैंक कृषि विकास बैंक हो। यसले सर्वसाधारणलाई सेयर बिक्री गरेको छैन। प्रतिसेयर आम्दानीका आधारमा नेपाल बैंक सबैभन्दा राम्रो बैंक बनेको छ। यो बैंकको सेयर खरिद-बिक्री स्थगित छ। पिइ रेसियो न्यून भएकोले बंगलादेश बैंकको सेयर आकर्षक छ।

नेपाल धितोपत्र दलाल संघका अध्यक्ष नन्दकिशोर मुन्दडाले यस्ता आधार हेर्ने लगानीकर्ता १० प्रतिशत मात्रै रहेको बताए। 'बैकिङ क्षेत्रको ज्ञान भएका लगानीकर्ताले पैसा सेयरमा लगाउनुअघि विश्लेषण हेर्ने गरेका छन' उनले भने। मुन्दडाले हकप्रद र बोनस सेयरका लागि बैंकको चुक्ता पुँजी र प्रतिसेयर आम्दानी हेर्नुपर्ने सुझाव दिए।

अन्तराष्ट्रिय बजारमा पिई रेसियोलाई सेयरमा लगानीका लागि प्रमुख आधार मान्ने गरिएको छ। 'पुँजीको स्थायित्व भएका मुलुकमा पिई रेसियो प्रमुख आधार हुन्छ' मुन्दडाले भने-'नेपालमा पुँजीको आकार परिवर्तन भैरहने भएकोले यसलाई लगानीकर्ताले त्यति वास्ता गरेका छैनन।' पीई रेसियोले सामान्यतया सेयरको चलेको मूल्य महागो हो कि सस्तो भन्ने संकेत गर्छ।

सेयरमा लगानीका लागि बैंकहरुको पुँजीकोष र कर्जा निक्षेप अनुपात हेर्नुपर्ने सुझाव एस डेभलपमेन्ट बैंकका प्रमुख कार्यका अधिकृत सिद्वान्तराज पाण्डेले दिए। उनले
पिइ रेसियो उच्च भएको आधारमा मात्रै कम्पनीको सेयर नराम्रो नहुने बताए। व्यवस्थापन, सञ्चालक सहित कम्पनीको भविष्य हेर्नुपर्ने सुझाव पाण्डेले दिए।

बैंकले सञ्चालन नाफालाई आधार मान्नुपर्ने सुझाव पाण्डेको छ। 'विगतको खराव कर्जा असुल्ने, कर्जा नोक्सानी व्यवस्थाको रकम फिर्ता गर्ने र जग्गा बिक्री ग नाफा कमाएको अवस्थालाई लगानीकर्ताले सकारात्मक मान्न हुँदैन' उनले भने। गैर सञ्चालन नाफा कम्पनीका लागि दिगो हुँदैन।

स्टयाण्डर्ड चार्टर्ड बैंकका सञ्चालक अर्जुनवन्धु रेग्मीले लगानीका लागि चुक्ता पुँजी र कार्यसम्पादन पहिलो प्राथमिकतामा रहेको बताए। 'अब कम्पनीको पुँजी बढै गएकोले कम्पनीको अन्य अवस्था हेर्नुपर्छ' उनले भने। छोटो अवधिका लागि सेयर किन्दा वित्तीय अवस्थाको विश्लेषण नगरेपनि लामो अवधि र धेरै मूल्य पर्ने सेयरका खरिद गर्दा कम्पनीको वित्तीय अवस्थाको विश्लेषण गर्नुपर्ने सुझाव रेग्मीले दिए।

प्रतिसेयर आम्दानीले कुन कम्पनीले पुँजी कति चुस्त ढंगले परिचालन गरेको छ भन्ने देखाउँछ। यस हिसाबले नेपाल बैंक अगाडि देखिएको छ। यसको चुक्ता पुँजी नै कम भएको र कमाएको नाफा अधिकाँश खराब कर्जा असुलीबाट भएको हो।

Source:[http://nagariknews.com/economy/share-market/4256-2009-08-23-04-04-44.html]


(कमेन्ट पोस्ट गर्नुहोस)

1 comment:

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by