ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, December 21, 2009

मधेस एक प्रदेश नभए नयाँ संविधान नमान्ने चेतावनी


नेपालगन्ज (नयाँ पत्रिका)

मधेसी जनअधिकार फोरम नेपालले समग्र मधेस एक प्रदेश माग सम्बोधन नभए नयाँ संविधान नमान्ने चेतावनी दिएको छ । फोरम अध्यक्ष उपेन्द्र यादवले आफ्नो माग पूरा नभए मुलुक विखण्डनमा जान चेतावनी दिँदै त्यस्तो संविधान बहिष्कार गर्ने चेतावनी दिएका हुन् । एकीकृत माओवादीले आफूखुसी स्वायत्त राज्य घोषणा गर्नु असंवैधानिक भएको टिप्पणीसमेत नेता यादवको थियो । आइतबार फोरम बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता यादवले मधेसमा ९८ र मुलुकभरि एक सय २५ जातिको बसोवास रहेको भन्दै जातजातिका नाममा गणराज्य घोषणा गर्नु मुख्र्याइँ रहेको दाबी गरे । नेता यादवले माओवादीले गणराज्य घोषणा गरेर मुठभेड गराउन खोजेको आरोप पनि लगाए । माओवादीले बाँके, बर्दिया, दाङ, कञ्चनपुर र कैलालीलाई थारुवन गणराज्य घोषणा गरेपछि फोरमका केन्द्रीय नेता यस क्षेत्रमा दैनिकजसो कार्यक्रम गरी त्यसको विरोध गरिरहेका छन् । 'गणराज्यबारे राजनीतिक सहमतिबाट समस्याको छिनोफानो गर्न सकिन्छ,' अध्यक्ष यादवले भने, 'तर माओवादी आफूखुसी गणराज्य घोषणा गर्दै हिँडिरहेको छ ।'
उनले राजनीतिक सहमतिका लागि तीन दलले मात्र सहमति गरेर नपुग्ने, त्यसमा मधेसवादीलगायत अन्य दललाई पनि सहमत गराउनुपर्ने बताए । उनले मधेसलाई अधिकार दिने कार्यमा षड्यन्त्र भए तेस्रो ठूलो मधेस आन्दोलन गर्ने चेतावनीसमेत दिए । गणराज्य घोषणाको विरोधमा फोरमले बाँकेको नेपालगन्ज, राप्तीपारि, बर्दियाको गुलरियामा विरोध कार्यक्रम गरी गणराज्य फिर्ता नभए मुठभेड हुने चेतावनी पनि दिए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by