ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, December 20, 2009

लगानीकर्ता कल्याणकारी कोषको स्थापना हुने

रोशन अधिकारी/काठमाडौ (कान्तिपुर)-

सेयर बजारमा सूचीकृत विभिन्न कम्पनीमा दाबी नपरेको लाभांशको रकम जम्मा गरेर लगानीकर्ता कल्याणकारी कोष स्थापना हुने भएको छ । सेयर बजार प्रवर्द्धनका लागि गठन गरिने उक्त कोषबारे धितोपत्र बोर्डले अध्ययन थालेको छ 'प्रारम्भिक चरणमा बैठक भएको हो,' बोर्ड अध्यक्ष सुरवीर पौडेलले भने, 'अध्ययनको काम भैरहेको छ ।' कम्पनीहरूले लगानीकर्तालाई दिएको लाभांशमध्ये दाबी नपरेका सबै रकम बैंकमा ठूलो मात्रामा जम्मा हुँदै आएको छ । कति रकम छ भन्ने यकिन भने छैन । 'त्यो पनि अध्ययन गर्नुपर्छ,' पौडेलले भने, 'त्यसै भन्न सकिँदैन ।' कम्पनीले सबै लगानीकर्तालाई लाभांश वितरण गरे पनि कतिपयले सूचना नपाएर वा अन्य कारणबाट यस्तो रकम बैंकमै जम्मा हुने गरेको हो । कम्पनी ऐनमा यस प्रकारको कोषको व्यवस्था छ । लाभांश वितरण भएको ५ वर्षम्म कसैले दाबी नगरे त्यो कोषमा राख्ने व्यवस्था ऐनमा छ । कोष व्यवस्थापन तथा सञ्चालन गर्न रजिस्ट्रार, धितोपत्र बोर्डको अध्यक्ष वा प्रतिनिधि र धितोपत्र बजार सञ्चालन गर्नेमध्येबाट धितोपत्र बोर्डले नियुक्त गरेको एकजना प्रतिनिधि हुनुपर्छ । 
दोस्रो बजारको मुख्य सरोकारवाला निकाय नेपाल स्टक एक्सचेन्ज भए पनि यससम्बन्धी केही काम सुरु नभएकाले बोर्ड आफैंले काम सुरु गरेको जनाएको छ । 'मैले नियुक्ति पाएको दुइ महिनाभित्रै यससम्बन्धी काम गर्न मौखिक निर्देशन दिएको थिए“,' पौडेलले भने, 'त्यसपछि पनि पटकपटक भनेको छु ।'

धितोपत्र बोर्डले प्रारम्भिक रूपमा काम सुरु गरेको बताए पनि एक्सचेन्जले भने अनविज्ञता जनाएको छ । एक्सचेन्ज पनि यो कोष स्थापना गर्न काम सुरु गर्ने बताउ“छ । 'यो कोष स्थापना गर्न स्टक एक्सचेन्ज, धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रारको कार्यालय संलग्न हुनर्ुपर्छ,' एक्सचेन्जका अध्यक्ष टंक पनेरू भन्छन्, 'सुरु गर्न अर्थ मन्त्रालयमार्फ बैठक बोलाउन लगाउ“छु ।' धितोपत्र बोर्ड एक्लैले भने यो कोष सञ्चालन गर्न नमिल्ने उनी बताउ“छन् । 'यो विषयमा कसैको ध्यान नगएर सुरु हुन नसकेको हो,' पनेरूले भने, 'प्रयत्न गर्ने हो भने सजिलो छ ।'

काम सुरु भए यस प्रकारको कोष स्थापना गर्न धेरै समय नलाग्ने उनी बताउ“छन् । 'सबै कम्पनीलाई ५ वर्षघिको दाबी नपरेको लाभांश जम्मा गर्न भनेपछि भैहाल्छ,' उनले भने, 'यसमा धेरै झन्झट छैन ।' धितोपत्र बोर्डले भने दाबी नपरेको लाभांशमात्र नभएर प्राथमिक निष्कासन जारी हुँदा बैंकमा जम्मा हुने रकमको ब्याज पनि कोषमा राख्न सकिनेबारे अध्ययन गरिरहेको छ । 'बैंकमा जम्मा भएपछि आउने ब्याज बिक्री प्रबन्धक र लगानीकर्ताले बा“ड्छन्,' पौडेलले भने,'लगानीकर्ताको हितका लागि उनीहरूको ब्याज कोषमा जम्मा गर्ने भन्दा विरोध नहुनुपर्ने हो ।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by