ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, December 23, 2009

तिब्बती सहयोग सामाग्री अन्यौलमा/ सरकारी अधिकारीले भाषा नबुझ्दा कठिनाइ

काठमाडौ, २०६६ पुस ८ - तिब्बतले सीमावर्ती क्षेत्रका नेपालीलाई उपलब्ध गराउने भनेको सहयोग लिन नेपाली अधिकारीहरुले तिब्बती भाषा नबुझेपछि सहयोग सामाग्री अन्यौलमा परेको छ । फोनमा संवाद गर्दा भाषा नबुझिएकाले पनि सहयोगबारे थप अन्यौल भएको नेपाली अधिकारीहरुले बताएका छन् । सोलुखुम्बुको तिब्बतसँग जोडिएको सीमावर्ती नाम्चे, खुम्जुङ र चौरीखर्क गाविसलाई तिब्बतले चिनी र नुन सहयोग उपलब्ध गराउने भएको छ । गत कात्तिक ११ गते खासामा भएको सीमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकपछि चीनको स्वशासित क्षेत्र तिब्बतले सिमा जोडिएको जिल्लालाई जिल्ला स्तरीय सहयोग गर्ने बताएको थियो । पाँचवर्षसम्म निरन्तर सहयोग गर्ने बताएको तिब्बतले सन २००९ अथार्त यो वर्षमात्र नेपाली ३६ लाख रुपैंया सहयोग गर्ने भएको प्रमुख जिल्ला अधिकारी प्रतिपराज कडेंलले जानकारी दिए । 'डिसेम्बर ३० तारिख भित्र हामीले सामान बुझिसक्नु पर्छ' उनले भने । 
खासाबाट सिन्धुपाल्चोक जिल्ला हुँदै ल्याईनुपर्ने नुन र चिनी ल्याउनुपर्ने समय एकसाता पनि बाँकी छैन । तर अहिलेसम्म थप प्रयास हुन नसकेको अधिकारी कडेंलले बताए । जिल्ला विकास समिति मार्फत ल्याउन तयार गरीएको सहयोग सामाग्री पुष १४ गतेभित्र सीमाबाट नेपाल भित्राउन नसके पि|mज हुने भएको छ । 
 
उता तिब्बती जिल्ला ढ्ङयाग्रीका प्रमुखले भने सहयोग सामाग्री दिने या नगद नै दिने भन्ने विषयमा अझै टुङ्गो नलागेको बताएको स्थानीय विकास अधिकारी नारायण मैनालीले बताए । जिल्लाबाट फ्याक्स पठाउँदा समस्या भएको र भाषाको समस्याले फोनमा राम्ररी कुरा हुन नसकेकाले ढिलो भएको उनले बताए । 'सहयोग सामाग्री दिए अर्थ मन्त्रालयबाट भन्सार छुट मिलाउन विहीबार काठमाडौं जाँदैछौं' उनले भने । 'चारदिन पछि बैठक बसेर फेरी निर्णय गर्ने तिब्बतका प्रमुखले बुधबार बताएको जानकारी स्थानीय विकास अधिकारी मैनालीले दिए ।  सिमाना जोडिएको जिल्लालाई सहयोग उपलब्ध गराउन तिब्बतले चासो दिएपछि त्यहाबाट हुने सहयोग जिल्लाको पहुाच नपुगेका नाम्चे, चौंरीखर्क र खुम्जुङ गाविसका विपन्न तथा दलित, गरिबलाई वितरण गरिने बताइएको छ ।  चीनको स्वशासित क्षेत्र तिब्बतको सहयोग विपन्नका नाममा गरिने भनि नेपाल सरकारले स्वीकृति दिए पनि रकम आउने या सहयोग सामाग्री आउने भन्ने विषयमा अझै टुङ्गो नलागेकाले समय सिमाभन्दा ढिलो भए सहयोग फिर्ता हुने स्थानिय विकास अधिकारी मैनालीले जानकारी दिए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by