ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, December 21, 2009

आन्दोलन नजिते संविधानसभा भंग हुन्छ: भट्टराई

काठमाडौँ (नागरिक)-

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले अहिलेको आन्दोलन जसरी पनि जित्नुपर्ने बताएका छन्। संविधानसभा भंग गर्ने षड्यन्त्रमा दलहरु लागेको आरोप लगाउँदै उनले आन्दोलन नजिते संविधानसभा भंग हुने ठोकुवा गरे। 'यो आन्दोलन हामीले जितनौं भने संविधानसभा भंग हुनेवाला छ', नयाँ वानेश्वरको कोणसभालाई सम्बोधन गर्दै भट्टराईले भने, 'त्यसैले यो संघर्ष हामीले जित्नैपर्छ।' हड्तालको पहिलो दिन तनावग्रस्त बनेको नयाँ बानेश्वरमा माओवादीले सोमबार कोणसभा आयोजना गरेको हो। सभालाई सम्बोधन गर्दै नेता भट्टराईले राष्ट्रिय सरकार अहिलेको आवश्यकता भएको बताए। '१४ जेठसम्म संविधान निर्माण राष्ट्रपति शासनको षड्यन्त्र हुँदैछ' भट्टराईले चेतावनी दिँदै भने- '१४ जेठमा संविधानसभा भंग भए सरकार र राष्ट्रपति पनि त्यतिबेलै सकिनेछन्, त्यसपछि जनताले सडकबाट संविधान जारी गर्नेछन्।'
हड्तालको दोस्रो दिन उनले बाँकी हड्ताल फिर्ता नहुने प्रस्ट पारे। आम हड्तालको तेस्रो दिन भोलि नयाँ बानेश्वरमा अध्यक्ष प्रचण्डले सम्बोधन गरेपछि तेस्रो चरणको आन्दोलन समापन गरी चौथो चरणको आन्दोलन थाल्ने जानकारी उनले दिए।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by