ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, December 20, 2009

जातीय युद्ध निम्त्याएको मन्त्री श्रेष्ठको आरोप


भक्तपुर (नयाँ पत्रिका)

सामान्य प्रशासनमन्त्री रवीन्द्र श्रेष्ठले जातीय आधारमा स्वायत्त गणराज्य घोषणा गर्ने अधिकार एकीकृत माओवादीलाई कसैले नदिएको बताएका छन् । एमाले बागेश्वरी गाउँ अधिवेशन उद्घाटनमा उनले गणराज्य घोषणा गर्ने अधिकार संविधानसभालाई मात्र भएको बताए । संविधानसभाबाहेक अरूलाई गणराज्य घोषणा गर्ने अधिकार कसैमा नभएको उनको दाबी थियो । मन्त्री श्रेष्ठले माओवादीले शान्तिसम्झौता, कानुन र संविधानसभालाई समेत मिचेर गणराज्य घोषणा गरेको आरोपसमेत लगाए ।माओवादीले जातीय गणराज्य घोषणा गरेर जातीय युद्ध निम्त्याएको उनले बताए । माओवादीले निम्त्याएको जातीय युद्धको भुमरीमा ऊ आफैँ फस्ने मन्त्री श्रेष्ठको भनाइ थियो । मन्त्री श्रेष्ठले सरकारले दिएको सम्पूर्ण सुरक्षा प्रयोग गरेर प्रचण्ड संविधानसभाविरुद्ध लागेको बताउँदै उनले शान्तिको बाटोमा आउनुपर्ने कि क्रान्तिको बाटो रोजेर फेरि जंगल जानुपर्ने बताए । सरकारी र व्यक्तिको जग्गा कब्जा गरेर सुकुम्बासीको नाममा माओवादीले जग्गा बाँडेर गैरकानुनी कार्य गरेको उनको आरोप छ ।
'प्रचण्ड प्रधानमन्त्री हुँदा आफैँ भूमिसुधारमन्त्री पनि थिए, त्यतिखेर सुकुम्बासीलाई जग्गा बाँड्न सक्नुपथ्र्यो,' मन्त्री श्रेष्ठले चुनौती दिए । उनले वास्तविक सुकुम्बासी पहिचान गरी सरकारले बसोवासको व्यवस्था मिलाउने आश्वासन पनि दिए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by