ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, December 20, 2009

बन्द अराजक ठाउँठाउँमा आगजनी र तोडफोड


झडपमा घाइते भएका डीएसपी दीलिप चौधरीको अवस्था चिन्ताजनक

काठमाडौं (दैनिकी)

माओवादीको तीन दिने आमहड्तालको पहिलो दिन ठाउँठाउँमा झडप भएको छ । माओवादी कार्यकर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै देशका विभिन्न स्थामा सवारीमाथि तोडफोड गरेका छन् भने केही जलाइदिएका छन्। काठमाडौंको बानेश्वरमा माओवादी कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरी नायव उपरीक्षक दिलिप चौधरी सभासद यशोदा सुवेदीसहित केही प्रहरी र प्रदर्शनकारी गम्भीर घाइते भएका छन्। घाइते डीएसपी चौधरीको अवस्था चिन्ताजनक छ । नयाँ बानेश्वरमा करिब तीन घण्टा झडप भएको थियो। झडपमा घाइते भएका डीएसपी दीलिप चौधरीको अवस्था चिन्ताजनक छ। नयाँ बानेश्वरमा झडपका क्रममा लडेपछि प्रदर्शनकारीहरुले घेरेर उनलाई कुटपिट गरेका थिए। चौधरी कै कमान्डमा रहेको प्रहरीले दोस्रो चरणको आन्दोलनका क्रममा सिंहदरबार घेराउ गर्ने क्रममा हनुमानथान नजिक प्रदर्शनकारीमाथि बल प्रयोग गरेको भन्दै माओवादी पत्रिका जनदिशाले उनको नाम पनि ‘जनताको निगरानीमा’ भनी छापेको थियो।
कोपेनहेगनबाट स्वदेश फर्कनुभएका प्रधानमन्त्री माधवकुमार नेपालको सवारीका लागि बाटो खुलाउने क्रममा माओवादी कार्यकर्ता र प्रहरीबीच झडप भएको हो। तर, प्रधानमन्त्री नेपालले बाटो परिवर्तन गरी एयरपोर्टबाट गौशला, कालोपुल हुँदै बालुवाटार पुग्नुभएको छ। प्रहरीले बाटो खुलाउनका लागि अश्रु ग्याँस प्रहार गरेपछि दुवै पक्षबीच झडप भएको छ। यसैगरी एक दर्जन प्रहरी घाइते भएको बताइएको छ।

माओवादी कार्यकर्ताले शहीद गंगालाल हृदय केन्द्रको गाडीमाथि गौशालामा आक्रमण गरी तोडफोड गरेका छन् । केन्द्रको १० जना स्टाफ सवार बा.१.झ ५१६८ नम्बरको गाडी माथि माओवादीले जथाभावी ढुङ्गा हानेका थिए ।
बन्दको अवज्ञा गरेको भन्दै माओवादी बिद्यार्थीहरुले आइतवार राजबिराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको क्याम्पस चिफको कार्यकक्षमा आगजनी गरेका छन् । राजविराजको नेताचोकमा बन्द गराउँदै पसल तोडफोड गर्दै हिँडेका एकीकृत माओवादी कार्यकर्ताका कार्यकर्ताहरुलाई प्रहरीले पक्रेको छ।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by