ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, December 20, 2009

संविधानसभा विघटन भए बन्दूक हुनेले शासन गर्छ

काठमाडौ (कान्तिपुर) - 

माओवादी उपाध्यक्ष बावुराम भट्टराईले संविधानसभा विघटन भए मुलुकमा बैधानिक संस्था समाप्त हुने भन्दै त्यसपछि बन्दूक हुनेहरुले शासन गर्ने बताएका छन् । उनले जेठ १४ गते संविधानसभाको अस्तित्व समाप्त पारेर दलहरुले राष्ट्रपति मात्र बैधानिक संस्थाको रुपमा रहन्छन भनि गरेको प्रचार भ्रामक भएको टिप्पणी गरे । 'बैधानिक ढंगले राष्ट्रपति शासन लागू गर्न अहिलेको संविधानले नदिने भएकाले उहाँहरुले जेठ १४ गते संविधानसभालाई मर्न दिने र त्यसपछि कु गर्ने अनि त्यो अवस्थामा राष्ट्रपतिमात्र बैधानिक संस्था रहन्छन भन्ने भ्रामक प्रचार गरिरहनुभएको छ ।' रेडियो कान्तिपुरलाई आइतबार दिएको अन्र्तवार्तामा उनले भने, 'संविधानसभा विघटन भए राष्ट्रपति पनि रहदैनन । यहाँ बैधानिक संस्था भन्ने केही हुदैन । देश पूरै अराजकतातिर जान्छ । जसको शक्ति उसको भक्ति भनेजस्तै जसको हातमा बन्दुक छ । त्यसैले यहाँ शासन गर्छ ।'

उनले अहिलेको राजनीतिक गतिरोधको निकास तुरुन्तै निश्कने सम्भावना नरहेको पनि बताए । 'तुरुन्तै निकास निश्कने सम्भावना देखिदैन । किनकि ६ महिनासम्म नबनेको सहमति दुई दिनभित्रै बन्छ भन्ने मलाइ लाग्दैन ।' उनले भने, 'तै पनि हाम्रो तर्फबाट सहमति बनोस भन्ने चाहन्छौ र पूरा प्रयत्न गर्छौ ।'

उनले भारतीय सेनाप्रमुखको सामूहिक रुपमा नेपाली सेनामा माओवादी लडाकुलाई सामेल गराउनु हुन्न भन्ने भनाइप्रति पनि आपत्ति जनाए ।

'नेपालमा शान्ति र सुव्यवस्था कायम गर्नु र स्थीरता कायम गर्नुको साटो फेरी अस्थिरता बढाउनेतिर हाम्रा छिमेकीहरु गए भने उनीहरुको निम्ति पनि हितकर हुदैन', भट्टराईले भने, 'हाम्रो देशको आन्तरिक मामिलामा प्रतक्ष्य, परोक्ष ढंगले हस्तक्षेप गर्ने अधिकार कसैलाई पनि छैन । त्यो हामीलाई स्विकार्य पनि छैन् ।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by