Saturday, September 26, 2009
पर्यटकहरू टेम्पोबाट पोखरा
पोखरा, २०६६ आश्विन १० - पर्यटन प्रवर्द्धन तथा सामाजिक संस्थाको सहयोगार्थ भारतको गोवाबाट हिँडेका साहसिक पर्यटक तीनपांग्रे टेम्पो -अटोरिक्सा) चढेर पोखरा आइपुगेका छन् । सेप्टेम्बर १३ मा हिँडेका उनीहरू करिब तीन हजार किलोमिटर पार गरी बुधबार पोखरा आएका हुन् । कुल ६१ मध्ये बुधबारसम्म सात टोली पोखरा आइपुगेका छन् भने अन्य शुक्रबारसम्म आइपुग्ने छन् ।
राष्ट्रिय सरकार आवश्यकःयादव
राजविराज , २०६६ आश्विन ८ - मधेशी जनअधिकार फोरम अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई वर्तमान समस्याबाट निकास दिन राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने बताएका छन् ।
बैंक प्रबन्धक रकम माग्दै व्यापारीको घरदैलोमा
जाजरकोट , २०६६ आश्विन ९ - नेपाल बैक लिमिटेड शाखा कार्यालय जाजरकोटमा रकम अभाब भएपछि बैंक प्रबन्धक ब्यापारीकहाँ धाउन थालेका छन् । बैकमा रकम सकिएपछि शाखाका निमित्त प्रबन्धक आनन्द कुमार कार्की स्थानीय ब्यापारीको पसलपसलमा रकम जम्मा गर्दै हिड्न थालेका हुन् । अहिले बैकले २ हजारको चेक पनि साट्न नसक्ने अवस्था रहेको छ ।
माओवादीले राष्ट्रपतिलाई विवादमा तान्ने काम गरेः नेपाल
'समयमै संविधान बन्छ । त्यसका लागि हामी साझा सहमति पहिल्याउँछौं ।' 
न्युयोर्क, २०६६ आश्विन १० - प्रधानमन्त्री माधवकुमार नेपालले अन्तरिम संविधानले बन्देज गरेको विषयमा राष्ट्रपतिलाई विवादमा तान्ने काम गरेकोमा माओवादीको आलोचना गरेको छन् ।महाअभियोग बाहेक अन्य राष्ट्रपति विरुद्ध उठाउन नपाइने संबैधानिक प्रावधानलाई माओवादीले नागरिक सर्वोच्चताको नाममा मिच्न खोजेकोमा उनले आपति प्रकट गरे ।
माओवादी लोकतन्त्रलाई कमजोर बनाउँदै छः खाँड
"अब यसलाई जोगाउन जिम्मेवारी पनि कांगे्रसकै कांधमा आएको छ ।"
बुटवल, २०६६ आश्विन १० - सिंचाइमन्त्री बालकृष्ण खाँडले लोकतान्त्रिक प्रक्रिया र पद्धतिलाई कमजोर पार्ने षडयन्त्रमा माओवादी लागेको आरोप लगाएका छन् । पछिल्लो समय माओवादीको नागरिक सर्वोच्चताको बेमौसमी बाजा पनि त्यसकै लागि बजाउने गरेकेा उनले दाबी गरे ।
Labels:
Bal Krishna Khad,
Ekantipur,
Nepali Congress-Maoist
कोइरालाले यस पटक दसैँ टिका नलगाउने
विराटनगर (मोरङ), असोज १०- नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले यसपटकको दसैँमा टीका नलगाउने बताएका छन्। आफ्नी भाञ्जी शैलजा आचार्यको गत जेठमा निधन भएको हुँदा कोइराला परिवारले नै खुशियालीका साथ दसैँ नमनाउने सभापति कोइरालाले बताए।
उत्तर-दक्षिणबाहेक राज्य पुनःसंरचना हुनै सक्दैनः कोइराला
विराटनगर, असोज १०- नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले राज्य पुनःसंरचना गर्दा उत्तर दक्षिण बाहेक अन्य ढङ्गले गरिएमा राज्य टुक्रिने धारणा पुनः व्यक्त गरेका छन्। उत्तर दक्षिण बाहेक अन्य ढङ्गले राज्य पुनःसंरचना हुनसक्तैन, उनले भने।
काली मन्दिरमा के मागे कोइरालाले?
विराटनगर, असोज १०- नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले स्थानीय काली मन्दिरमा शनिबार बिहान परम्पराअनुसार टीका र प्रसाद ग्रहण गरे। सो अवसरमा उनले उपस्थित पत्रकारहरूलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै मुलुकमा स्थायी शान्ति, समृद्धि एवम् नयाँ नेपाल निर्माणका लागि भगवानसँग कामना गरेको बताए।
Friday, September 25, 2009
ऋण लिएर वृद्ध भत्ता वितरण
झापा ९ असोज(दैनिकी)
नोट अभावका कारण बैकहरुले भुक्तानी गर्न नसकेपछि झापाको दमक नगरपालिकाले ऋण लिएर वृद्ध भत्ता वितरण गरेको छ। नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले आठ लाख रुपैया ऋण लिएर दुई हजार जनालाई भता वितरण गरेको बताए।
कसले बनाउन पाउला नयाँ पासपोर्ट?
परराष्ट्र मन्त्रालयले मेसिनले पढ्न सक्ने ४० लाख आधुनिक राहदानी (एमआरपी) छपाइका लागि सीमित कम्पनीले मात्र प्रतिस्पर्धा गर्न सक्ने गरी मापदण्ड निर्धारण गरेको छ। स्रोतका अनुसार एक वर्षभित्र हस्तलिखित नेपाली राहदानी विस्थापित गर्न मन्त्रालयले जारी गर्न लागेको एमआरपी छपाइ, आपूर्ति तथा वितरण र उपकरण जडानका लागि युरोपका दुईमात्र कम्पनीले प्रतिस्पर्धा गर्न सक्ने मापदण्ड तोकेको छ।
प्रहरी र टाइगर्स कार्यकर्ताबीच गोली हानाहान, तीनको मृत्यु
मिथिलेस यादव, लहान, असोज ९-
सप्तरीको बैरवा ६ मा आज बिहान प्रहरी र मधेसी मुक्ति टाइगर्स कार्यकर्ताबीच दोहोरो गोली हानाहान हुँदा प्रहरीको गोली लागि तीन जना टाइगर्स कार्यकर्ताको मृत्यु भएको छ। घटनामा प्रहरीतर्फ दुई जना घाइते भएको सप्तरी प्रहरी प्रमुख गोपाल भण्डारीले बताए।
असोज २१ गते सम्ममा सहमति हुन्छः प्रचण्ड
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले असोज २१ गते सम्म गतिरोध अन्त्य हुने र राजनैतिक निकास निस्कने आशा ब्यक्त गरेका छन । पश्चिम नेपालको भ्रमण सकेर राजधानी फर्कने क्रममा नबलपरासीको गैडकोटामा चितवन र नवलपरासीका संचारकर्मीसँग कुराकानी गर्दै उनले सो आशा ब्यक्त गरेका हुन।
सहमति नभए नयाँ सविधान बन्दैनः सिटौला
पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले राजनैतिक दलहरुबीच सहमति नभएसम्म नयाँ सविधान नबन्ने दावी गरेका छन। झापाको घेराबारी स्थित संत्सग सेवा केन्द्रमा आयोजित एक कार्यक्रममा बोल्दै सिटौलाले राजनीतिक
'बन्द ढोकाभित्र हाकाहाकी छलफल हुनुपर्छ’
अनमिन-प्रमुख करिन लनग्रेनले नेपालको शान्ति-प्रक्रिया र संविधान निर्माण चुनौतीपूर्ण रहेको बताएकी छिन् । उनले प्रधानमन्त्रीको भ्रमण समस्या-समाधान गर्ने अवसर भएको बताइन् ।
राष्ट्रपतिविरुद्ध कालो बेलुन उडाए माओवादीले
काठमाडौँ, असोज ९ (नागरिक)- फूलपातिको अवसरमा नेपाली सेनाले टुँडिखेलमा आयोजना गरेको बडाइँ कार्यक्रममा राष्ट्रपति रामवरण यादवविरुद्ध माओवादीले कालो बेलुन उडाएका छन्। कालो बेलुन उडाउने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।· दशैँका कारण भीड बढेको हुँदा सुरक्षाकर्मीलाई माओवादी पहिचान गर्न गाह्रो भएको थियो।
Thursday, September 24, 2009
हेल्लो नेपाल मोबाइलले थाल्यो परीक्षण सेवा
काठमाडौं, असोज ८ (नागरिक)- नेपाल स्याटेलाइट टेलिकमले बिहीबारदेखि 'हेल्लो नेपाल' ब्राण्डमा सञ्चालन गरेको मोबाइलको पक्षण सेवा सुरु गरेको छ।देशको पाँचौ टेलिफोन सेवा प्रदायक कम्पनीका रुपमा यसले मोबाइल सुरु गरेको हो। मोबाइल टेलिफोनको परिक्षण उद्घाटन (सफ्ट लञ्च) देशका तीन ठूला दलका तीन नेताहरुले एक आपसमा कुराकानी गराएर भएको थियो।
अतिक्रमित नेपाली भूमिमा राष्ट्रिय झण्डा
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भारतद्वारा अतिक्रमित नेपाली भूमिको अवलोकन गरी राष्ट्रिय झण्डा गाड्ने अभियान सुरु गरेको छ। भारतद्वारा अतिक्रमित पूर्वी नेपालको पशुपतिनगरबाट अनेरास्ववियुले सो अभियान सुरु गरेको हो।
Subscribe to:
Posts (Atom)
